स्वतन्त्रता दिवसकै दिन विरोध प्रदर्शनको तयारी

Pakistan
इस्लामावाद, २९ साउन । पाकिस्तानी एकनना राजनीतिज्ञले वर्तमान सरकारले विरोधमा बिहीबार पाकिस्तानमा व्यापक विरोध प्रदर्शनको तयारी गरिरहेको समाचार छ ।
चौध अगष्ट पाकिस्तानको स्वतन्त्रता दिवसको दिन हो । सन् १९४७ मा आजकै दिन तत्कालीन भारतबाट अलग्गै राज्यका रुपमा पाकिस्तान मुस्लिम राज्य बनेको हो ।
तर आजकै दिन पारेर पाकिस्तानमा सरकार विरोधी प्रदर्शनको तयारी भइरहेको बताइएको छ । एकजना राजनीतिज्ञ इमरान खान र मुस्लिम धर्मगुरु ताहिर उल क्वाद्रीले सरकार विरोधी प्रदर्शनको तयारी गरिरहेको बताइएको छ ।
उनीहरुले अदालतको फैसलाका विरुद्धमा र सन् २०१३ मा भएको आमनिर्वाचनको विरुद्धमा सो विरोध प्रदर्शन गर्न लागेको भन्दै सरकारले पनि पाकिस्तानमा व्यापक सुरक्षा व्यवस्था गरेको जनाइएको छ ।
सन् २०१३ को मे मा भएको आमनिर्वाचमा वर्तमान प्रधानमन्त्री नवाज शरिफको दलले स्पष्ट बहुमत हासिल गरेपछि उनी नै प्रधानमन्त्री बनेका थिए ।
सो सरकारका विरुद्धमा उक्त विरोध प्रदर्शन सुरु गरिने भन्दै सरकारले पनि राजधानी इस्लामावादमा कम्तीमा पनि २० हजार जना प्रहरीको व्यवस्था गरेको छ ।
ती दुई जनाले यसअघिको उक्त आमनिर्वाचनमा धाँधली भएको र त्यसैको आडमा नवाज शरिफ सत्तामा आएको भन्दै सरकारको विरोध गर्ने भएको बताइएको छ ।
उनीहरुले अघि सारेको सो आन्दोलनको कार्यक्रमलाई लाहोरको उच्च अदालतले अवैध भनिएको दिएको छ । साथै उनीहरुले राजधानीमा विरोध प्रदर्शन गर्न नपाउने फैसला पनि उसले गरेको छ ।
सो फैसलाको विरोध गरेका उनीहरुले अदालत र सरकारका विरुद्धमा सो प्रदर्शनको तयारी गरिरहेको बताइएको छ ।
तर सरकारले भने अदालतको फैसलाको पूर्णतया कार्यान्वयन हुने र राजधानी इस्लामावादमा उनीहरुले विरोध प्रदर्शन गर्न नपाउने बताएको छ । राजधानी इस्लामावादमा आज स्वतन्त्रता दिवसका कारण पनि सुरक्षाको कडा प्रबन्ध गरिएको थियो ।
उता आजकै दिन यो विरोध प्रदर्शन गरिने प्रचार गरिएकाले सरकारले इस्लामावादमा बाहिरबाट सवारीका साधनहरु आवत जावतमा रोक लगाएको छ । – एएफपी

,

news and entertainment