५ भदौं, काठमाडौं ।
आफ्नो सैन्य जीवन तथा गणतन्त्र स्थापनापछिका थुप्रै घटना र पात्रसँग जोडिएका सन्दर्भ जोडेर लेखिएको पूर्व सेनापति रुक्माङ्गत कटवालको आत्मकथालाई लिएर रोचक र घोचक बहस भएका छन् ।
खासगरी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग जोडिएको प्रसंग चाँही बढि चर्चामा छन् । दाहाल र पूर्व कार्यवाहक सेनापति कूलवहादुर खड्काले आत्मकथा कतिपय बिषयको चर्को प्रतिवाद गरिसकेका छन् ।
आत्मकथामा पूर्व राजा ज्ञानेन्द्र, राष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायत नेता सामु आफू हावी भएको भन्ने भान पार्दै घटनाक्रमलाई समेटेका कटवाल कडा मिजासको भएको अनुमान लगाउन गाह्रो छैन । हक्की स्वभावका कारण जसलाई पनि कठोर व्यंग्य गर्न माहिर मानिएका उनै कटवालसँग जोडिएको एउटा बिषय सार्वजनिक भएपछि भने उनको अडान र कठोर छविमाथि उल्टै व्यंग्य हुन थालेका छन् ।
तत्कालिन सैनिक सचिव विवेक शाहले केही बर्ष पहिला लेखेको मैले देखेको दरवार नामक पुस्तकमा कटवालले आफ्नो उमेर सम्वन्धि फाइल हराएपछि अनुनय विनय गरेको उल्लेख गरेका छन् । कटवालले आफूलाई सहयोग गर्न आग्रह गर्दा भक्कानो फुटाएर रोएको उल्लेख गरेका छन् ।
जव कटवाल भक्काँनिएर रोए
news and entertainment
