लाइभ शो मा ‘फक इट’ भन्दै महिला पत्रकारको राजिनामा, दर्शकलाई लाजमर्नु, टिभीले माफी माग्यो
अमेरिकाको अलास्कास्थित केटीभीए टेलिभिजनमा कार्यरत चार्लो गि्रनले टेलिभिजनको लाइभ कार्यक्रममै राजिनामाको घोषणा मात्र गरिनन् अश्लील समेत बोलिन् । उनले भनिन्, ‘फक इट, मैले छाडेँ ।’
आइतबारको रात्रीकालीन १० बजेको समाचारमा उनले अलास्का गाँजा क्लबका बारेमा रिपोर्ट प्रस्तुत गरिन् । उक्त रिपोर्टको अन्त्यमा उनले आफु पनि उक्त क्लबको एक मालिक रहेको खुलासा गरिन् । र, अन्त्यमा उनले अलास्कामा गाँजालाई वैधता दिनका लागि आफुले आफ्नो समय समर्पित गर्ने भन्दै टेलिभिजनको जागिर छाडेको घोषणा गरिन् । त्यो भन्दै उनी टेलिभिजनको सेटबाट बाहिरिइन् ।
उनले त्यस्तो हर्कत गरेपछि समाचारमा रहेकी अर्की प्रस्तोतालाई धर्मसंकट पर्यो । उनले तत्कालै दर्शकसँग माफी मागिन् । उनी निकै अकमकाइन् पनि ।
केटिभीएले आफ्नो कर्मचारीको यस्तो हर्कतप्रति माफी मागेको छ । उसले ती कर्मचारीलाई जागिरबाट निकालेको समेत घोषणा गरेको छ ।
टेलिभिजन कार्यक्रममै अश्लील बोलेर जागिर छाडेपछि गि्रनले आफ्नो सोसल साइटको पेजमार्फत गाँजालाई वैधता दिने अभियानको घोषणा गरेकी छिन् ।
www.onlinekhabar.com
