अग्रिम बुकिङ नखुल्दै सकिए दसैंका टिकट
दसैंका लागि अगि्रम टिक बुकिङ गर्ने समय नै नआउँदै उपत्यकाबाहिर जाने अधिकांश सार्वजनिक बसका टिकट सकिएका छन् ।
व्यवसायीले अगि्रम बुकिङको समयअगावै बिक्री गरेका कारण बुकिङ मितिभन्दा अगावै बिक्री गरेका कारण बुकिङ मितिभन्दा अगाडि नै टिकट सकिएको राजधानी लगायतका दैनिक पत्रिकामा खबर छ ।
इातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकारवालाको गत ६ भदौको बैठकले आगामी २५ भदौदेखि दसैंका लागि अगि्रम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । तर, पूर्वी नेपाल जाने अधिकांश बस व्यवसायीले निर्धारित समयअगावै टिकट बिक्री गरिसकेको पाइएको हो ।
पूर्वी नेपालमा चल्ने प्राइम, सीता, यती, मितेरी, कोसी, सत्यसाइजस्ता धेरै बसमा भएका कम्पनीले अगि्रम बुकिङ खुल्नुअघि नै टिकट बिक्री गरिसकेका छन् । उनीहरुले आफ्ना विभिन्न टिकट काउन्टरमार्फत टिकट बिक्री गरेका हुन् । मकालु, सुपर, अग्निजस्ता केही कम्पनीले भने आगामी भदौ २५ देखिमात्रै अगि्रम टिकट बिक्री गर्ने जानकारी दिएका छन् ।
सरकारले आधिकारिक रुपमा अगि्रम टिकट बिक्री गर्ने भनेर सार्वजनिक गरेको मिति अगाडिनै टिकट बिक्री हुदाँ सर्वसाधारण अन्योलसँगै तनावमा समेत परेका छन् ।
