दसैँको मुखमा घाँटी रेटी साथीको हत्या गरेपछि........



मदिराको नसामा झगडा हुँदा ललितपुरमा एक युवकले आफ्नै साथीको घाँटी रेटी हत्या गरेका छन् ।

उदयपुर देवदहका मिश्रिकान्त चौधरीको सर्लाहीका राजु तामाङले हत्या गरेका हुन् ।

ललितपुर प्रहरीका अनुसार सोमबारराति चौधरीको हँसियाले घाँटी रेटेर हत्या भएको हो ।

चौधरी र तामाङ सँगै कोठामा बस्ने गरेको र झगडा हुँदा हत्या भएको प्रहरीको अनुमान छ । अभियुक्त तामाङ फरार छन् ।

दुवैजना मदिरा पिउने गरेको उनीहरुका साथीहरुले बताएका छन् । अनुसन्धानका लागि प्रहरीले फरार तामाङका दुई जना साथीहरुलाई पक्राउ गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

,

news and entertainment