८ बर्षकी बालिकालाई मुख मैथुन गराई फरार दुई युवा पक्राउ


 ८ बर्षकी बालिकालाई जबरजस्ती बलात्कार गर्न खोज्ने दुई युवालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । पाँचखाल नगरपालिका वडा नम्बर ३ का १७ बर्षका सन्तबहादुर भन्ने विनोद तामाङ र काभ्रे गाविस ७ का अनिल कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु पाँचखाल नगरपालिका–३ का बालिकालाई स्थानीय सल्लाहघारी वनमा लागि अप्राकृतिक रुपले मुख मैथुन गराई फरार थिए । पक्राउ परेका दुबै जनालाई जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

,

news and entertainment