इलाका प्रहरी कार्यालय लहानले आइतबार सिरहाको लहानसँगै जोडिएको सिसवनी–७ बाट महिलासहित तस्करीका लागि तयारी अवस्थामा राखिएको ४५ केजी गाँजा बरामदपछि लागुऔषध ओसारपसारमा महिलाको प्रयोग पनि हुन थालेको खुलेको हो ।
प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा गएको टोलीले सिसवानी–७ बर्छवास्थित फिरतु मण्डलको घरबाट प्लास्टिकको बोरामा प्याक गरेर तस्करीका लागि राखिएको ४५ केजी गाँजा र ठकनीवती मण्डललाई पक्राउ गरेको हो ।
प्रहरीले विशेष सुराकीका आधारमा मण्डलको घरमा छापा मार्दा फिरतुले गाँजा रेखदेखका लागि खटाएकी उनकी श्रीमती ठकनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक फुँयालले बताए ।
पछिल्लो समयमा प्रहरीले लागुऔषधविरुद्ध आक्रमक कारबाही गरेपछि तस्करले विद्यालय क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थी, महिलालाई लागुऔषध ओसारपसारमा प्रयोग गर्दै आएको भेटिएको छ ।
प्रहरीले गत हप्ता लहानबाट दुईजना दस जोड दुई अध्ययन गरिरहेका विद्यार्थी सवार मोेटरसाइकल साइकललाई ठक्कर दिएर दुर्घटना भएपछि ठूलो परिमाणमा लागुऔषध बरामद गरेको थियो ।
लागुऔषध ओसारपसार गर्ने क्रममा महिला पक्राउ
news and entertainment
