दुर्घटना,
फिचर
»
बोगटीको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले पार्टी कार्यालयमा
बोगटीको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले पार्टी कार्यालयमा
उपचारको क्रममा नर्भिक अस्पतालमा सोमबार बिहान निधन भएका एमाओवादी नेता पोष्टबहादुर बोगटीको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा राखिएको छ । उनको पार्थिब शरीर नर्भिक अस्पतालबाट शिधै पार्टी कार्यालय लगिएको हो । बिहीबार हृदयघात भएपछि

बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्र लगिएका उनलाई मष्तिष्कघात समेत भएको पाइएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा विहान ७ बनेर २५ मिनेटमा निधन भएको थियो । एमाओवादी अध्यक्ष प्रचण्डका प्रेस सहयोगी शीब खकुरेलले स्वर्गिय बोगटीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नका लागि उनको शबलाई बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राख्ने तय भएको रातोपाटीलाई जानकारी दिए । अहिले बोगटीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नका लागि पेरिसडाँडामा पार्टीका शीर्षनेताहरु, विभिन्न तथा नेताहरु, कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ । यस्तै बिहान ११ बजे पार्टी कार्यालयबाट शब श्रद्धाञ्जलीको लागि खुल्लामञ्चमा लगिने कार्यक्रम तय भएको खकुरेलले बताए । उनको आजै अन्त्येष्टि गरिने कार्यक्रम छ । ६२ वर्षीय नेता बोगटीको बिहान ७: ५ बजे निधन भएको नर्भिक अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले पुष्टि गरेका थिए । यसैबीच एमाओवादी नेता बाबुराम भट्टराईले बोगटीको निधन भएकोमा समबेदना व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सहयोद्धा क पोष्टबहादुर बोगटीको आज बिहान दुस्खद निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धासुमन र परिवारजनमा समवेदना १अन्तिम लालसलाम क।दिवाकर !’ नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं २ को भित्रिनिटार मा २०१० सालमा बोगटीको जन्म निम्न मध्यम परिवारमा भएको थियो । बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट जन्मिएका बोगटी एमाओवादीभित्र त्यागी,भद्र र शलीन नेताका रुपमा परिचित थिए । पटकपटक मन्त्री बनेका बोगटी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट विजयी भएका थिए ।