सभासदले डीएसपीसँग गुपचुप दोस्रो बिहे गरेपछि…


 कांग्रेस सभासद् ओमदेवी मल्ल जोशीले पहिलेका पति किरण जोशीसँग सम्बन्ध विच्छेद गरेर डीएसपीसँग गुपचुप बिहे गरेपछि कांग्रेसका केही नेतामात्र होइन राप्रपा नेपालका एक नेता समेत स्तब्ध भएका छन् ।
एनेकपा माओवादीका एक वरिष्ठ नेता पनि ओमदेवीले आफूलाई समेत चक्मा दिएकोमा छक्क परेका छन् । यति धेरै नेतालाई चक्मा दिनेगरी ओमदेवीले किन र कोसँग बिहे गरिन् भन्ने उनको पारिवारिक सर्कललाई समेत धेरै जानकारी नभएको साँघु साप्ताहिकमा खबर छ ।
स्रोतका अनुसार उनले बिहे गरेका डीएसपी ढकाल थरका रहेको बुझिएको छ । ती डीएसपीलाई ओमदेवीले ‘मूर्गा बनाएको’ चर्चा पनि चलेको छ । भोजपुर घर भएका ती डीएसपीले पहिलाको घरबार बिग्रिएको र ओमदेवीको पनि पतिसँग सम्बन्ध विच्छेद भएकाले उनीहरुले विवाह गरेको बुझिएको छ ।
ओमदेवी राजनीतिकर्मी होइनन् । सहकारी क्षेत्रमा भने उनी डन नै हुन् । राष्ट्रिय सहकारी संघको भर्खरै सम्पन्न महाधिवेशनबाट महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी ओमदेवी सहकारी क्षेत्रमा लागेकै बेला धेरै मान्छेलाई बहमा पारेर करोडौं पैसा कमाउन सफल पात्रका रुपमा चिनिन्छिन् । उनी राजावादी कित्ताबाट गणतन्त्र आएपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निकट सम्बन्धका कारण माओवादी बनेकी थिइन् ।
नारायणकाजीलाई उनी दाजु भन्छिन् । तर खास नातामा उनी नारायणकाजीकी सोल्टिनी हुन् । नारायणकाजीकी दिदीको नन्द ओमादेवीले नारायणकाजी स्थानीय विकास मन्त्री र परराष्ट्र मन्त्री भएका बेला धेरै मान्छेलाई आफ्नो दाइ भन्दै राम्रै कारोबार पनि गर्न भ्याएकी थिइन् । तर दोस्रो संविधानसभा निर्वाचनका बेलासम्म उनी कांग्रेसका नेता मिनेन्द्र रिजालको धेरै नजिक पुगेकी थिइन् । एमाओवादीबाट भन्दा कांग्रेसबाट सभासद बन्न सहज बाटाहरु देखेपछि उनले सहज बाटो रोजिन ।
मिनेन्द्र रिजालसँग गहिरो सम्बन्ध अनि कांग्रेसकै नेता आरजु देउवादेखि अन्य पात्रलाई राम्रै चुनावी सहयोग गरेपछि उनी सभासद्समेत बन्न सफल भइन । तर यसबीचमा उनको परिवार भने बिग्रँदै गएको थियो ।
उनका श्रीमानले ओमदेवीले गरेको हर्कतबाट आजीत भएपनि केही भनेका थिएनन् । बरु उनैले सम्बन्ध विच्छेद गरेर नयाँ व्यक्तिसँग सुटुक्क बिहे गरिन । उनले गरेको बिहेबारे केही सिमित व्यक्तिलाई थाहा भएपनि धेरैलाई जानकारी नै गराएकी छैनन् ।
www.onlinekhabar.com

,

news and entertainment