होस गर्नुहोस् महिलालाई मिस्डकल गर्दा जेल पर्नसक्नुहुन्छ


एजेन्सी । के तपाई भारतको बिहारमा हुनुहुन्छ ? अथावा बिहार जादै हुनुहुन्छ भन्ने होस गर्नुहोस्, यदि तपाईले महिलालाई मिस्ड कल गर्दा जेल पर्न सक्नुहुन्छ ।

सीआइसी प्रहरीका महानिरीक्षक अरविन्द पाण्डेले सबै जिल्लाका प्रहरी अधिकारी तथा रेल्वे स्टेसनका सरकारी रेल पुलिसका अधिकारीहरुलाई एक सर्कुलर जारी गर्दै यस विषयमा अत्यन्तै गम्भीरताका साथ कारबाही गर्न निर्देशन दिएका छन् ।
पाण्डेले महिलाहरुलाई बारम्बार मिस्डकल गर्नु गम्भीर मुद्दा भएको बताएका छन् । यसले महिलाहरुको शान्तिलाई खलल पु¥याउने भएकोले आइपीसीको धारा ३५४ डी (i) र (ii) अनुसारको अपराध अनुसार लिने र कारबाही गरिने जनाएका छन् ।
एक दुईपटक मिस्डकल भए त्यसलाई प्रहरीले गम्भीरतापूर्वक नलिएपनि महिलाहरुलाई पटक पटक मिस्डकल हानेर सताएको खण्डमा कडा कारबाही गर्ने जनाएको छ ।

,

news and entertainment