छातीमाथि जमरा उमार्ने महिला (तस्विर सहित)



हिन्दू नेपालीहरुको महान पर्व दसैं सुरु भएको छ । घर–घरमा बिधिपूर्वक जमरा राखेर दसैंको स्वागत भइरहँदा एक ‘माता’ले छातीमाथि जमरा उमार्ने दाबीसहित त्यसको शुभारम्भ गरेकी छन् । आफूलाई ‘दक्षिणकाली माता’ दावी गर्ने सिन्धुपाल्चोक मांखा–९ की मोहनकुमारी चौलागाईँले काठमाडौंको कोटेश्वर दीपनगरमा बिहीबारबाट त्यस्तो ‘कठोर’ कामको सुरुवात गरेकी हुन् । सुतेर छातीमाथि टपरीमा विधिपूर्वक छरिएको जमारा सोही अवस्थामा उमार्ने उनको दावी छ ।

घटनास्थापनाको शुभ साइत अघि १०८ जोर बत्ती खाएर उनले छातीमाथि जमरा उमार्ने कामको सुरुवात गरेकी हुन् । ‘नौं दिसम्म बत्ती र पानी मात्रै खाएर जमरा उमार्छु भन्नुभएको छ’ चौलागाईँकी ज्वाई यज्ञराज न्यौपानेले भने, ‘दक्षिणकाली माताले यसै गर्न भनेपछि उहाँले यस्तो गर्नुभएको हो ।’
दक्षिणकाली माता नौं दिनसम्म तस्वीरमा देखिएझैं अवस्थामा रहने र टीकाको दिन जमरा निकालिएपछि मात्रै सामान्य दैनिकीमा फर्किनेबताइएको छ । एक माताले शरीरमा दक्षिणकाली माताको ‘अवतार’ सवार भएको बताएपछि चौलागाईँलाई ‘माता’ कै रुपमा पुज्न थालिएको थियो ।
कोही व्यक्ति धुप, बत्ती लिएर अगाडी गए चौलागाईँले उसको भूत र भविष्य बताइदिने गर्छिन । ‘घरमा केसैले केही ढाँटेको छ भनेपनि थाहा पाउनुहुन्छ’, न्यौपानेले भने, ‘आफ्नो भूत र भविष्य जान्न चाहानेहरुको दिनदिनै भीड नै लाग्छ, सबैले विश्वास गर्छन ।’ चौलागाईँले घरमै दक्षिणकाली माताको मन्दिर स्थापना समेत गरेकी छन् ।
तस्विर यज्ञराज न्यौपाने ।
nepaliheadlines.com

,

news and entertainment