यसरी पठाइसकेको मोबाइल म्यासेज डिलिट गर्नुहोस्
एजेन्सी । कुनै समय यस्तो हुन्छ कि मोबाइलबाट टेक्सट म्यासेज एउटालाई पठाउनुपर्ने अर्कोलाई गएर अप्ठेरो पर्न सक्छ ।
केहि समय अघि मात्र ब्वाइफ्रेन्डलाई पठाएको टेक्स्ट म्यासेज र नांगो फोटो बाबुको मोबाइलमा पुग्दा एक युवती ठूलै संकटमा परेको समाचार आएको थियो । अन्य धेरै जनालाई यस्तै समस्या परेका छन् । सायद तपाईंलाई पनि यस्तै समस्या परेको हुन सक्छ ।
यस्तो बेला भगवानसँग मेरो म्यासेज नहेरोस् भनेर प्राथना गर्नुको विकल्प पनि हुदैन । तर, अब भने एउटालाई पठाएको टेक्सट म्यासेज अर्कोलाई गयो भनेर आत्तिनुपर्ने छैन ।
यसको समाधानको उपाय पनि निस्किएको छ । यदि तपाईंले अरुलाई पठाएको म्यासेज अर्कैलाई गएको थाहा पाएपछि पनि त्यो म्यासेज डिलिट गर्नसकिने भएको छ ।
यसका लागि ‘इनभिजिबल टेक्स्ट’ को विकास भएको छ । म्यसेज पठाएको केहि समयमा नै मेट्न सकिने प्रविधिको विकास भएपछि दोस्रो व्यक्तिले उक्त म्यासेज पढ्न सक्दैनन् ।
यसो गर्नकालागि तपाईंले पठाउनुभएको भिडियो, अडियो वा टेक्स्ट म्यासेजमा टाइमर सेटिङ गर्नुपर्ने हुन्छ । निश्चित समयमा म्यासेज आफैं गायब हुन्छ । यो एप्स सुरुमा आइफोन, ब्ल्याकबेरी र आईओएस युजर्सले प्रयोग गर्न पाउने भएका छन् ।
तर, यो एप्स प्रयोग गर्नका लागि तपाईंले म्यासेज पठाएको मोबाइलवालाकोमा पनि यहि एप्स प्रयोग भएको हुनुपर्छ । यसपछि यो एप्सले तपाईंको चाहना अनुसारको काम गर्न सक्छ ।
www.nepalsandesh.com