नेपाल र अफगानिस्तान भिड्दै, नेपालसामु १ सय २० रनको विजयी लक्ष्य
दक्षिण कोरियामा जारी १७औं एसियाडमा पुरुष क्रिकेटको क्वार्टरफाइनल खेलमा अहिले नेपाल र अफगानिस्तान भिडिरहेका छन् । खेलमा पहिले व्याटिङ गरेको अफ्गानिस्तानले नेपाललाई १ सय २० रनको चुनौती दिएको छ ।
निर्धारीत २० ओभरमा अफगानिस्तानले ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । अफगानिस्तानका लागि मोहमद सेहजादले ४२ रन जोडे भने मोहोमद नाबीले १८ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका शक्ति गौचन र सागर पुनले ३/३ विकेट लिए । यसैगरी, सोमपाल कामी र बसन्त रेग्मीले १/१ विकेट झारे ।
जवाफमा १ सय २० रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो इनिङ सुरु गरिसकेको छ ।
एसियाडका व्यक्तिगत स्पर्धामा पदकको खडेरी लागेको बेला पुरुष क्रिकेट टोलीले उक्त खडेरी टार्ने आशा गरिएको छ ।
