विदेश गएकाकी श्रीमती फसाउने गिरोह प्रहरी फन्दामा
वैदेशिक रोजगारीमा गएका केही पुरुषका श्रीमतीलाई फसाएर रकम ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ ।
उनीहरुलाई सुनसरीको इटहरीबाट मंगलबार पूर्वक्षेत्रीय प्रहरी कार्यलय विराटनगरको क्षेत्रीय अनुसन्धान समूह (आइआरटी) ले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर नेपालडाँडा घर भई इटहरी नगरपालिका बस्ने २५ वर्षीय प्रकाश न्यौपाने र सुनसरी हाँसपोसा १ बस्ने घनश्याम न्यौपाने रहेका छन् ।
पछिल्लो पटक न्यौपानेद्वयले ताप्लेजुङ नगरपालिका ६ की ३२ वर्षीय इन्दिरा बस्नेतबाट ६ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई पूर्वक्षेत्रीय प्रहरी कार्यलय रानी विराटगनरमा मंगलबार नै सार्वजनिक गरियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
