स्कर्ट लगाउने महिलालाई क्यान्सरको उच्च सम्भावना
एजेन्सी । विश्वमा गरिएका नयाँ अध्ययन तथा अनुशन्धानले बारम्बार अनौठा लाग्ने विषय पत्ता लगाएका छन् ।
हालसालै बेलायतमा गरिएको एउटा अध्ययनले पनि यस्तै नयाँ तथ्य पत्ता लगाएको छ ।
लन्डन विश्वविद्यालयका शोधकर्ताले पत्ता लगाए अनुसार २५–२६ वर्षपछि लामो स्कर्ट लगाउने महिलामा स्तन क्यान्सर हुनसक्ने जोखिम बढ्दो हुन्छ ।
अध्ययनले भनेको छ, ‘२०÷३० वर्षपछि जो महिलाले हरेक वर्ष आफ्नो स्कर्टको साइज बढाउँछन् र स्कर्ट लामो लगाउँछन्, उनीहरुमा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।’
अध्ययनका अनुसार बढ्दो स्कर्टले महिलामा माटोपना बढेको बताउँछ । त्यसले उनीहरुमा क्यान्सरको सम्भावना पनि बढेको बताउँछ । आजको नयाँ पत्रिकामा समाचार छ ।