अन्तरीक्षमा वियरको बोलत पठाएर विश्वकिर्तिमान




बेलायतकी रोस ब्यांग्स नामकी ती महिलाले हेलियम बेलुनमा राखेर एक पिन्ट वियर अन्तरीक्षमा पठाएकी हुन् । हिलियम बेलुनमा प्लास्टिकको बोतलमा राखिएको लण्डन प्राइड ब्राण्डको उक्त वियर ८० हजार फिटको उचाइ सम्म पुग्यो ।
डेलीस्टारका अनुसार बकिंघमसायरमा रहेको उनको ह्वाइट स्वान पवको छानोभन्दा १५ माइल माथि सम्म बेलुन उडेको थियो ।
त्यतिधेरै उचाइसम्म पुग्ने क्रममा वियर सुरुमा उम्लियो र पछि जम्यो । अन्त्यमा हिलियम बेलुन न्यून चापका कारण फुटेपछि त्यसमा रहेको वियरको बोतल पृथ्वीमै झर्यो, उनकै भट्टी नजिकै ।
अन्तरीक्षमा पुगेर झरेको उक्त वियर जमेको बरफको स्वरुपमा थियो । रोसले वियरका ती बरफी टुक्रा जम्मा गरेर आफ्नो पवमा आएका ग्राहकलाई खुवाइन् ।

,

news and entertainment