साडीको यसरी लगाउनुहोस् (भिडियो सहित)
साडी, महिलाहरुको सुन्दरता निखार पार्ने एउटा महत्वपूर्ण पहिरन हो । खास गरी हिन्दु समाजमा साडी लगाउने चलन पुरानो हो ।
अहिले त साडी विश्वव्यापी बनिरहेको छ । तपाईं पनि साडी लगाउन चाहनुहुन्छ, तर यसका स्टाइलका बारेमा बेखबर हुनुहुन्छ भने यी तरिका अपनाउन सक्नुहुन्छ ।
लेहंगा डिजाइन : अहिले लेहंगा डिजाइनको साडी लगाउने चलन व्यापक छ । सामान्य साडीको पनि तपाईंले लेहंगा स्टाइल दिन सक्नुहुनेछ । यसकालागि प्लेट्को सहयोगमा साडीलाई बाँध्नु पर्दछ ।
मराठी डिजाइन : सामान्य साडी लगाउने तरिका भन्दा यो डिजाइनको साडी लगाउने तरिका केही फरक छ । यसकालागि ६ हात देखि ९ हात सम्मको साडी आवश्यक पर्दछ । र भित्र पेटिकोट लगाउने पर्दैन ।
जलपरी डिजाइन : यो डिजाइनको साडी जुन सुकै फिगर भएकाहरुलाई पनि म्याच गर्छ । तर पनि कर्वी फिगर भएकाहरुलाई ज्यादा सुहाउँछ । यो साडी छोटो रुपमा लगाउन सकिन्छ र स्कर्ट जस्तै देखिन्छ । यो लगाउनेको फिगर ज्यादै स्लिम देखिन्छ ।
तितली डिजाइन : फेसनेवल एवं आधुनिक लुकका लागि यो डिजाइन मन पराउने गरिन्छ । यसमा पल्ला निकै पातलो राखिएको हुन्छ, जस्का कारण नाइटो पनि देखियोस् । शिफन, नेट जस्तै डिजाइनको यो साडी लगाउने तरिका पनि विस्तारै बढ्दै गएको छ ।
राजरानी डिजाइन : हेवी सिल्क या भारी नेटको साडीका लागि राजरानी डिजाइन राम्रो विकल्प हो । यो गुजराती डिजाइनको पनि एक रुप हो ।
मुमताज डिजाइन : पार्टीमा जानेहरुले मुमताज डिजाइनको साडी निकै प्रयोग गर्ने गरेको पाइन्छ । यो डिजाइन साडीको पछिल्लो विकसित रुप मानिन्छ । तपाईंको बडि स्टाइल राम्रो छ भने यो डिजाइनको साडी लगाउनुको अर्को विकल्प खोज्नु तपाईंको मुर्खता सिवाय केही हुने छैन ।
">/www.nepalsandesh.com