मोटरसाइकल भैंसीमा ठोक्किँदा चालकको मृत्युु
विराटनगरको जतुवामा आज बिहान मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर वडा नं. १६ का सरोज खनाल रहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खानालले जानकारी दिए ।
उनका अनुसार विगराटनगरबाट रानीतर्फ जाँदै गर्दा सडकमा बाँधेर राखिएको भँैसीमा ठोक्किएर गम्भीर घाइते भएका सरोजको उपचारका लागि न्युरो अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।