भारतमा ८२ वर्षकी वृद्धाको बलात्कार पछि हत्या

 २२ वर्षका घरेलु नोकरले घरमा एक्ली भएकी ८२ वर्षकी वृद्धाको बलात्कार पछि हत्या गरेका छन् । पुलिसका अनुसार घटनापछि आरोपीले ती वृद्धा महिलामाथि कपडा राखेर आगो लगाइदिए । महिलाको घाँटी थिचेको कुरा पनि पुलिसले डाक्टरहरुबाट थाहा पाए । सोधपुछको क्रममा नोकरले आफूले वृद्धाको बलात्कार पछि घाँटी थिचेर हत्या गरि आगो लगाइदिएको जानकारी दिए ।
यो घटना साउथ इस्ट दिल्लीको ग्रेटर कैलाश–२ मा भएको हो । यहाँको एक ब्लकमा एक वृद्धा एक्लै बस्दथिन् । उनका दुईजना छोरीहरु पनि छन् जसमध्ये एकजना अमेरिका बस्दछिन् भने अर्की प्रेस एनक्लेवमा बस्दछिन् । बिहारको मधुबनीमा बस्ने २२ वर्षीय नीरज पछिल्लो ९ महिनादेखि उनको घरमा नोकर भएर बसिरहेका थिए । निरज त्यो घरमा नै सुत्ने गर्दथे । सोमबार बेलुका निरजले छिमेकीहरुलाई आमा पार्कबाट घर नफर्केको बताए । छिमेकीले पुलिसलाई यो कुराको जानकारी फोनमार्फत दिए ।
पुलिस घटनाको छानबिनको लागि घर जाँदा निरज भागिसकेका थिए । पहिलो तल्लाको खाटमा वृद्धाको जलेको लास भेटिएको थियो । कपडाबिनाको लास देखेर घटना केहि रहस्यमयी भएको पुलिसले अनुमान गरे । लासको घाँटीमा जलेको साडी बाँधिएको थियो । लासलाई पोष्टमार्टमको लागि लगियो र डाक्टरहरुले ती वृद्धाको मृत्यु आगो लागेर नभई घाँटी थिचेर हत्या गरिएको जानकारी दिए । पुलिसले निरजको ठेगाना पत्ता लगाई पक्राउ गरेको छ ।
नीरजलाई घटनाको बारेमा सोधपुछ गर्दा भने, ‘ म आफ्नो मोबाइलमा सेक्सको भिडियो हेरिरहन्थेँ । सोमबार जब आमा पार्कबाट घुमेर घर फर्किन् तब उनी माथि जाँदै थिइन् । अचानक मैले उनलाई समातेँ त्यसपछि मैले बलात्कार पछि उनको घाँटी थिचेर हत्या गरेँ । हत्यापछि लासमाथि कपडाहरु फ्याकेँ र तकिया च्यातेर लासको माथि राखेँ त्यसपछि तल किचेनबाट मट्टितेल ल्याएर लासमाथि छर्किएँ र आगो लगाइदिएँ ।
यति सबै गरिसकेपछि छिमेकीलाई उनले आमा पार्कबाट नफर्केको जानकारी दिएका थिए । आज बुधबार उनकी छोरी अमेरिकाबाट फर्किने बताइएको छ ।

,

news and entertainment