गोली प्रहारबाट गम्भीर–घाइते
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार कल्याणपुर–४ बस्ने ३० वर्षीय मोहमद सम्सुल मियाँलाई अपरिचित समूहले राति १० बजे गोली प्रहार गरी घाइते बनाएको हो । घर नजिकैको खोलामा शौच गरेर फर्कंदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनको दाहिने पाखुरामा गोली लागेको छ ।
मियाँको उपचारका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भैरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा गोली प्रहार गर्ने समूहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
