क्यासियास झुक्किँदा आठ वर्षपछि छनौटमा स्पेनको हार
इकर क्यासियासले जुराज कुकाज्को ३० यार्ड बाहिरबाट रहेको फ्रि–किकलाई बुझ्न नसक्दा स्लोभाकियालाई अग्रता दिलाएका थिए ।
अतिरिक्त खेलाडीको रुपमा मैदानमा छिरेका प्याको अल्कासारले स्पेनलाई बराबरीमा ल्याएका थिए ।
तर चेल्सीका पूर्व खेलाडी मिरोस्लाभ स्टचले हेडरमार्फत गोल गर्दै स्लोभाकियालाई जित दिलाए ।
३७ वटा विश्वकप र युरोकप छनौट खेलहरुमा स्पेनको यो पहिलो हार हो । सन् २००६ मा स्पेन पछिल्लोपटक छनौट खेलमा पराजित भएको थियो ।
स्पेनले आइतबार लक्जम्बार्गसँग भिड्दै छ । स्पेन ३ अंकसहित दोस्रो स्थानमा छ भने स्लोभाकिया दुई खेलमा दुई जितसहित पहिलो स्थानमा रहेको छ ।

