हात्ती फुटबल प्रतियोगिता सम्पन्न
दसैंको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा सुरु गरिएको हात्ती फुटबल प्रतियोगिता बुधबार सम्पन्न भएको भएको छ । ठाकुरद्वारा गाविस वडा नं. ९ स्थित शिवपुरमा रहेको हात्तीसारको मैदानमा गरिएको प्रतियोगितामा ठाकुरगज ‘वी’ले समूह ‘ए’ लाई पराजित गरेको छ ।
प्रतियोगिताको अवसरमा दुईदिने मेला समेत आयोजना गरिएको थियो । मेलामा स्थानीय लोकसंस्कृति र परम्परा झल्किने थारु झाँकी, नाच प्रदर्शन गरिएको थियो ।
सोही अवसरमा पुरुष तथा महिला पौडी प्रतियोगिता तथा संरक्षणकर्मीहरुबीच मैत्रीपूर्ण फुटबल समेत आयोजना गरिएको थियो ।