रेखाको ‘हिम्मतवाली’ ले चार दिनमै कमायो करोड
नायिका रेखा थापाद्वारा निर्मित अभिनित चलचित्र हिम्मतवालीले चार दिनमा नै एक करोड २० लाभन्दा बढि कमाएको छ ।
रेखाले नै निर्देशन समेत गरेको हिम्मतवाली फूलपातीको दिनदेखि प्रदर्शनमा आएको हो । ‘हिम्मतवाली’ ले उपत्यकामा चार दिनमा ४५ लाख भन्दा बढी र राजधानी बाहिर ७५ लाख भन्दा बढी कलेक्सन गरेको चलचित्रका वितरक गोपाल कायस्थ र उज्जल पौडेलले बताए ।
देशका करिब ७ दर्जन हलमा प्रदर्शनमा रहेको हिम्मतवालीले दशैंको समयमा प्रदर्शनमा आएका सबै चलचित्रभन्दा बढी कलेक्सन गरेको हो ।
चलचित्र ‘हिम्मतवाली’ मा रेखा थापा र दुवै हात गुमाएका सुदर्शन गौतमको मुख्य भूमिका रहेको छ ।
यता निर्माता संघले भने शुक्रबारदेखि फिल्म प्रदर्शनमा ल्याउने नियम तोडेको भन्दै रेखा र उनको कम्पनी रेखा फिल्मस्लाई कारबाही गरेको छ ।

