केरा देखाएर पसल लुटियो !


एजेन्सी । केरा  खाएमा शरिरलाई धेरै फाइदा हुन्छ तर त्यहि केरा देखाएर  दुकान पनि  लुट्न सकिने रहेछ ।  यो सुनेर तपाईलाई  हास्यास्पद लाग्न सक्छ । एक अमेरिकि  अनलाइनका अनुसार अमेरिकामा एक व्यक्तिले केरा देखाएर दिनदहाडै पसल लूटेका छन् र भाग्न पनि सफल भएका छन् । कुरा के हो  भने पहिले ति व्यक्तिले दोकानवाट एक कोसा केरा चोरे र त्यसलाई कपडाले वेरेर दोकानवालालाई धमकाउन थाले ।

डरका कारण दोकानदारले कपडा भित्र रहेको केरालाई बन्दुकनै समझिए र पुरै दोकान उनलाई सुमपिए । यसै मौकामा ति चोरले दोकानमा रहेका महत्वपुर्ण सामानहरु लिएर फरार भए । तर यो कुराको भेद तब खुल्यो जब त्यो चोर भाग्दै गर्दा दोकानदार माथि केरा फाले । तब मात्र दोकानदारले आफुलाई मुर्ख वनाएको थाहा पाए ।

,

news and entertainment