बाबुद्धारा चार वर्षिय छोरोको हत्या


चार वर्षिय छोरालाई बाबुले हत्या गरेका छन् ।
ललितपुर धापाखेल–१ का मानसिक सन्तुलन ठिक नभएका सुमन महर्जनले आफ्नै छोरा ४ वर्षिय छोरा सुलभ महर्जनलाई घाँटीमा ब्याण्डेजले कसेर हत्या गरेका छन् ।

असोज २० गते छोरालाई ब्याण्डेजले कसी हत्या गर्न खोज्दा सुमन महर्जनको आमाले देखेर उपचारको लागि सुमेरु अस्पताल धापाखेल लगेकोमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले बताएको छ ।
मानसिक सन्तुलन ठिक नभएका बाबु सुमन महर्जनको मानसिक अस्पताल लगनखेलमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

,

news and entertainment