मोड्लिङमा उदाउन चाहन्छन् जुलन
पछिल्लो समय मोड्लिङ प्रतिको क्रेज बढ्दै गईरहेको छ । यस क्षेत्रमा भविष्य खोज्नेहरुको भिड् बढेसँगै निरन्तर सङ्घर्ष गर्नेहरुको पनि उपस्थिति बाक्लिँदो छ । तिनै मध्येका एक हुन् मोरङ उर्लावारीका २१ वर्षीय जुलन पोद्दार ।
मोड्लिङलाई कलाकारिताको पहिलो खुड्किलाका रुपमा परिभाषित गर्ने उनी वाल्यअवस्थाबाट नै मोड्लिङप्रति आफ्नो विशेष चासोका साथै रुची पनि रहेको बताउँछन् । हालसम्म पनि अधुरो आफ्नो यस सपनालाई उनी छिट्टै नै एक म्यूजिक भिडियोमा अभिनय गरी सार्थकता दिने सोचमा छन् उनी । उनी भन्छन् – 'मलाई सानैबाट मोड्लिङ भनेपछि खुब रुची लागेर आउँथ्यो तर समय अभावका कारण टाढा हुनु परेको भएपनि अहिले आएर समयले साथ दिएकोले म्यूजिक भिडियो गर्ने तयारीमा जुटेको छु र एकदिन' । सानो छँदा विभिन्न सडक नाटकहरुमा आफ्नो प्रस्तुति पस्किसकेको र आफूसँग अभिनय सम्बन्धी केही ज्ञान समेत भएकाले यस क्षेत्रमा आफूले केही गर्नसक्ने सोच आफूभित्र रहेको उनले सुनाए ।
हाल स्थानीय राधिका उच्च मा.वि.मा प्लस टुमा अध्ययरत उनी फोटोजेनिक फेसका छन् भने उनको उचाई ५ फिट ४ इन्च रहेको छ । नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको अभिनयबाट प्रभावित भएका पोद्दार फुर्सदको समयमा साथीभाइहरुसँग घुम्न मन पराउँछन् ।