दशैंमा भाइद्वारा आफ्नै दाईको हत्या


 दाईको ससुराले दशैंमा गाली गरेको विषयमा दुई दाजुभाई बीच विवाद हुँदा पिप्ले गाविस-९ मौवाफाँटका १८ वर्षीय सुरेश खोरजाले २० वर्षीय दाई कुमारको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मौवाफाँटको जंगलमा लुकिरहेको अवस्थामा आरोपी पक्राउ परेका छन् ।  शुक्रवार घरमा दशैको टिका लगाई दाईको ससुराली घरमा जाने क्रममा बाटोमा दाजुभाई मिलेर मदिरा सेवनगरी राति ससुराली पुगेका थिए ।

दाईका ससुरालीले टिका लगाउन मदिरा सेवन गरी राति आएको भन्दै गाली गरेपछि सुरेशले झगडा गरेका थिए । ससुरासँग झगडा गरेपछि सम्झाउँदै घरमा पुर्‍याएपछि भाईले एक्कासी छुरा झिकेर दाईको पेटमा रोपेको प्रहरीले जनाएको छ ।

'मदिरा सेवनपछि मातेका भाईले बाटोमा निहुँ झिकी दाईको हत्या गरेको देखिएको छ', प्रहरी नायव उपरीक्षक जनार्दन जिसीले बताए ।

,

news and entertainment