सकियो १७ औ ईन्छन एसियाड १८औं एसियाड जाकर्तामा हुने ( पदक तालिका सहित )


दक्षिण कोरियाको इन्छनमा भएको १७औं एसियाली खेलकुद आज समापन भएको छ । ३६ खेलका चार सय ३९ स्पर्धामा भएको इन्छन एसियाडमा कुल ३४२ पदकका साथ चीन पहिलो भयो । चीनले एक सय ५१ स्वर्ण, एक सय ८ रजत र ८३ कास्यका साथ तीन सय ४२ पदक बटुल्दै शीर्ष स्थानमा रह्यो  भने आयोजक दक्षिण कोरियाले ७९ स्वर्णसहित दोस्रो तथा जापान ४७ स्वर्णका तेस्रो स्थानमा चित्त बुझायो । ११ स्वर्णसहित आठौं स्थान ओगटेको भारत दक्षिण एसियाको सर्वाधिक सफल टिम बन्न सफल भयो । नेपालका लागि विमला तामाङले करातेमा एकल कातामा कास्यपदक जितेर नेपाल रित्तो हात फर्किनबाट जोगाईन । विमला सेमिफाइनलमा भियतनामकी खेलाडी नाम गुयोनसंग पराजित भएपछि कास्य पदक भिडन्तमा उत्तर कोरियाली जुइ काङलाई ५–० ले पराजित गर्दै कास्य पदक जितेकी थिईन ।
नेपालले तेकान्दो र क्रिकेटमा पदकको आशा गरे पनि सफल हन सकेन । तेकान्दोका प्राय खेलाडीहरूले पहिलो राउण्ड नै पार गर्न सकेनन भने  समूह चरणमा कुवेत र माल्दिभ्सलाई हराउदै क्वाटर फाइनलमा पुगेको नेपाली क्रिकेट टीम  क्वाटर फाइनलमा  अफगानिस्तानसंग नेपाल ८ रनले पराजित भएको थियो । पहिलो पल्ट सबै भन्दा बदी खेलाडी २०३ जना नेपाली खेलाडी ईन्छन आए पनि सोचे जस्तो खेल प्रदशन गर्न सकेनन ।  ३ जना खेलाडी कोरियामै लुके पछि नेपाल् बदनाम हून पुग्यो ।
”विविधता झल्कन्छ यहाँ” नारा दिएर सुरु भएको ईन्छन एसियाडको समापन १८औं एसियाडको आयोजक देश इन्डोनेसियालाई झन्डा हस्तान्तरण गरेसँगै सकिएको छ । १८औं एसियाड ईन्डोनेसियाको जाकर्तामा हुनेछ
Asian Games 2014 Medals Tally
Rank Country Gold Silver Bronze Total
1 China 151 108 83 342
2 Korea 79 71 84 234
3 Japan 47 76 77 200
4 Kazakhstan 28 23 33 84
5 Iran 21 18 18 57
6 Thailand 12 7 28 47
7 DPR Korea 11 11 14 36
8 India 11 9 37 57
9 Chinese Taipei 10 18 23 51
10 Qatar 10 0 4 14
11 Uzbekistan 9 14 21 44
12 Bahrain 9 6 4 19
13 Hong Kong 6 12 24 42
14 Malaysia 5 14 14 33
15 Singapore 5 6 13 24
16 Mongolia 5 4 12 21
17 Indonesia 4 5 11 20
18 Kuwait 3 5 4 12
19 Saudi Arabia 3 3 1 7
20 Myanmar 2 1 1 4
21 Vietnam 1 10 25 36
22 Philippines 1 3 11 15
23 Pakistan 1 1 3 5
23 Tajikistan 1 1 3 5
25 Iraq 1 0 3 4
25 United Arab Emirates 1 0 3 4
27 Sri Lanka 1 0 1 2
28 Cambodia 1 0 0 1
29 Macau 0 3 4 7
30 Kyrgyzstan 0 2 4 6
31 Jordan 0 2 2 4
32 Turkmenistan 0 1 5 6
33 Bangladesh 0 1 2 3
33 Laos 0 1 2 3
35 Afghanistan 0 1 1 2
35 Lebanon 0 1 1 2
37 Nepal 0 0 1 1

,

news and entertainment