एमालेका बरिष्ठ नेता खनालको सर्जरी सम्पन्न

नेकपा एमालेका बरिष्ठ नेता एबं पुर्ब प्रधानमन्त्री झलनाथ खनालको पिसाव नलीको माईक्रो सर्जरी सम्पन्न भएको छ ।

अमेरिकाको बाल्टीमोर स्थित जोन हप्किन युनिर्भसिटी अस्पतालमा बरिष्ठ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा गएराति उहाँको सर्जरी सम्पन्न भएको हो ।

यसअघि गरिएको प्रोस्टेटको अप्रेशनपछि बल्झिएको समस्याको निदानका लागि पटक पटक उपचार गर्दापनि सन्चो नभएपछि उहाँ यहि असोज १० गते थप उपचारका लागि अमेरिकातर्फ प्रस्थान गर्नुभएको थियो।

उपचारमा संलग्न चिकित्सकहरुले पुर्ब प्रधानमन्त्री खनाललाई अझै दुई हप्ता निगरानीमै रहन सुझाब दिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँसंगै अमेरिकामा रहनुभएका सहयोगी आरबी राईले जानकारी दिनुभयो।अस्पतालबाट डिस्चार्ज भएलगत्तै उहाँ स्वदेश फर्कनुहुने छ ।

,

news and entertainment