सिंघमको अजय देवगन र दवङको सलमान जस्तो बन्न खोज्ने पुलिसको जागिर चट्


भारतीय पुलिसका लागि आदर्श फिल्मी पात्र हुन् अजय देवगन र सलमान खान । भारतको उत्तर प्रदेश राज्यमा पुलिसको गितिविधीमा आधारित चलचित्र सिंघम र दवङ्गमा जस्तो पहिरन लगाउन खोज्ने २ पुलिस कन्स्टेवलको जागिर खोसुवा भएको छ ।

सिंघममा अजय देवगन र दवङमा सलमान खान पुलिसको हिरो बनेका छन् । त्यस्तै पहिरन र गतिविधी गर्न खोज्ने आग्राका २ प्रहरी कन्स्टेवलको जागिर खोसिएको हो ।

आग्राका पुलिस इन्स्पेक्टर जनरल सुनिल कुमार गुप्ताले छड्के जाँचका क्रममा दुई पुलिस कन्स्टेवलको पहिरन अनौठो लागेपछि उनीहरुलाई सस्पेन्ड गरिएको हो ।

एक कन्स्टेवलले कालो चस्मा लगाएका थिए भने अरेकाले प्यान्ट निक्कै टाइट गरेर सलमानको जस्तो पारेका थिए । निलम्बनमा परेका प्रहरी वेपत्ता भएका छन् ।

निलम्बनमा परेका ती प्रहरीको जागिरमा भने राम्रो रेकर्ड छ । उनीहरुले राम्रो ड्युटी गर्ने गरेको उनीहरुका एक सिनियरले बताए ।
उनीहरुको निलम्बनमा परेपछि जिल्लाभरीका सबै पुलिसको पहिरन जाँच गर्ने आदेश दिइएको छ ।

,

news and entertainment