वीर्य दान गर्नेका लागि मेसिन निर्माण
वीर्य दान गर्नेहरुहरुको सजिलोका लागि चीनमा एउटा वीर्य जम्मा गर्ने मेसिनको निर्माण गरिएको छ ।लजालु मानिहरुलाइ आकर्षित गर्नका लागी चीनको एक अस्पतालमा यस्तो मेशिन ‘सेक्स सिमुलेटर’ बनाईएको छ । जसमा एक एडजस्ट गर्न लायक मसाज पाइप लगाइएको हुन्छ । चीनको झेङगजू सेन्ट्रल हस्पिटलमा एक स्वचालित सीमेन एक्सट्रेक्टरको उपयोग गर्न सुरु गरिएको छ । जसले धेरै भन्दा धेरै मानिसहरु अब यो सजिलो प्रक्रिया अपनाउन सक्नेछन । पिङक, ग्रे र सेतो रंगको मेशिनमा विभिन्न प्रकारका स्टिमुली लगाइएको छ ।
त्यसमा एक धकेलेर अगाडी बढाउने मसाज पाइप पनि लगाइएको हुन्छ, जो कि एक योनि जस्तै हुन्छ, जसले वीर्य दिनेमाथि दबाव कम हुन्छ । यो उपकरण चीनमा २८०० डलरमा सानवे मेडिकल इक्विपमेन्टबाट खरिद गर्न सकिने बताइएको छ ।

