अश्लिलतासँगै चलचित्रमा गुमनाम छन् नेपाली कलाकार

अश्लिल सिनेमाको माईलस्टोन 'लुट' र 'चपली हाईट' ले पैसा कमाएको देखेर यस्ता सिनेमा बनाउनेहरुको कलिउडमा बाढी नै आयो । नायिकाहरुलाई पनि नाङ्गिएर हिट भईन्छ र एक पछि अर्को गर्दै लगातार चलचित्र पाईन्छ भन्ने मानसिकताले 'जे पनि' गर्न पछि परेनन् । सुन्दर भविष्यको खोजीमा नाङ्गिएर नायिकाहरु अहिले 'गुनाम' बनेका छन् भने त्यस्ता चलचित्र बनाउने निर्माता तथा निर्देशक पनि पलायन भएका छन् ।

उनीहरुको  चलचित्र क्षेत्रमा उपस्थिति शुन्य प्रायः रहेको छ । कलिउडमा अश्लिल चलचित्रहरुको बाढी नै आयो तर चपली हाईट र विन्दासको श्रृंखलाबाहेकका कुनै पनि सिनेमाले दर्शक जुटाउन सकेनन् । यो सिनेमासँगै आएका हिरोईनहरु जिया केसी, विनिता बराल, सुष्मा कार्की, सुमिना घिमिरे, मोनिका दाहाल, पुजना प्रधान, सोनिया केसी, शुभेच्छा थापा, अरुणिमा लामा लगायत नायिकाहरु चलचित्रमा स्थापित हुन जस्तो सुकै सिन दिन पछि परेनन् ।
उनीहरुले कपडा खोल्दैमा दर्शकको मनमा भने बस्न सकेनन् । दिनेश थापाले निर्माण गरेको फिल्म एटिएममा जिया केसीले आफूलाई नङ्ग्याउन कत्ति पनि कन्जुस्याई गरिनन् । यती मात्र हैन, त्यो फिल्ममा मुखमा आएसम्मको अपशब्द  बोल्न पनि पछि परिनन् । नेपाली चलचित्रमा जम्ने उनको सपना भने 'एटिएम' ले चकानाचुर नै भयो । जियाको नग्नताको कारण चलचित्र एटिएममा लामो समय बन्देज हुन पुग्यो । एटिएमबाट निकै बिवादमा आएकी यी नायिकाको अर्कोे चलचित्र बर्बाद पनि करिब ६ महिना प्रतिबन्द भयो । बर्बादमा पनि जियाले सकेसम्म देखाइन् ।
दिनेश थापाले 'एटिएम' मा जियालाई मात्र नभई सोनिया शर्मा र सबिना कार्कीलाई लिएर छाडागाली र लाजमर्दो दृश्य राखेर एटिएम बनाए ।
एटिएमको प्रोमो निकै आलोचित, विवाद र घृणित मात्र भएन, अब नेपाली फिल्म कता जान्छ भनेर गम्भीर बहस नै चल्यो । त्यसपछि नै चलचित्रमा सेन्सर कडा भएर आयो । चलचित्र विकास बोर्डले त स्क्रिप्ट अध्ययन समिति नै गठन ग¥यो । चलचित्रजस्तो स्वतन्त्र र सशक्त माध्यममाथि सेन्सरको कडा कैँची चलाउन थाल्यो । त्यसको मार अहिले पनि छ । अहिले फिल्म बनाउन पहिला नै बोर्डबाट स्क्रिप्ट पास गराउनु पर्छ । जसले गर्दा फिल्म निर्माण अझ झन्झटिलो भएको छ ।   एटिएमपछि यौन केन्द्रित
रिङरोड, बर्बाद, द रेप, लक, नाइन ओ क्लक, जिगलो, रङ वे, विन्दास, खेताला, स्टार, किन किन, पलपल जस्ता दर्जनौ चलचित्रहरु बने । तर, ती कुनैले दर्शकको मन जित्न सकेनन् । यद्यपि अचेल पनि त्यस्ता फिल्म नबन्ने गरेका होइनन् । अर्को अश्लिल चलचित्र हो– अ हनिमुन नाइट । सो चलचित्रमा लक्ष्मण सुनारले नायिकाद्वय सुमित्रा श्रेष्ठ र बिनिता घिमिरेसँग रोमान्स गरेका छन् । यौनजन्य फिल्ममा अभिनय गरेर आफूलाई स्टार सोच्नेहरू अहिले 'गुनाम' बनेका छन् । एटिएमका जिया, सबिना र सोनियाको फिल्म करिअर धरापमा परेको छ । त्यस्तै, एटिएमकी अर्की नायिका सोनियाको हालत पनि उस्तै छ । ढुंगेयुग, करामतलगायतका फिल्ममा अभिनय गरे पनि एटिएमपछि भने उनको फिल्म करियर संकटमा परेको छ । एटिएमकी अर्की नायिका सबिना कार्कीलाई जो कोही निर्माता, निर्देशकले लिन चाहँदैनन् । एटिएमभन्दा पहिला मिस्टर डन र मस्ती फिल्म निर्माण गरेका निर्माता दिनेश थापा निकै आलोचित भए । अश्लिल फिल्म बनाएर नायिकाहरुसँग मस्ती गरेका दिनेशको 'एटिएम' फिल्मको
थुप्रै दृश्य काटेर सेन्सरले चलाउने अनुमति दिएपनि सेन्सरको आदेश नमानी मनोमानी ढंगले फिल्म चलाएको भेटिएकाले रिलिजको पहिलो दिननै एटिएम प्रतिबन्धित भयो । केही महिनापछि पुनः रिलिज भएपनि दर्शकले मन नपराएपछि अचेल मलेसियामा पसल सञ्चालन गरेर बसेको स्रोतले जनाएको छ । फिल्म क्षेत्रबाट वाक्क भएका दिनेश अब केही वर्ष यस क्षेत्रमा फर्किने सम्भावना छैन । एटिएमका निर्देशक यादव सिलवाल भने गाईपालनमा लागेको बताइएको छ । सिलवाल त फिल्मको नाम पनि लिन चाहदैनन् । सुरज आरडी र विजयगोपाल दलीले निर्माण गरेको 'रिङरोड' नामक फिल्म सर्वत्र आलोचित बन्यो । हलमा चलेको र उत्रेको दर्शकले नै पत्तो पाएनन्  । अश्लील फिल्मसँगै अश्लिलतामा रमाउनेहरू पनि अचेल फ्लप भएका छन् ।   अश्लील र छाडापनलाई स्थान दिएर फिल्म बनाउने, खेल्ने मात्र होइन, निर्देशन गर्नेहरू पनि पलायन भएका छन् । लुट र चपली हाइटलाई सेन्सर बोर्डले पर्याप्त मात्रामा आँखा नलगाएकाले छाडा गाली र दृश्यका फिल्म बग्रेल्ती बने । हाइवे फिल्ममा ऋचा शर्माले 'कथाको माग' भन्दै निर्वस्त्र दृश्य दिएकी थिइन् । मेरो जीवन साथी, बिन्दास र बिन्दास–२ फिल्ममा दिएको ओपन दृश्यका कारण सुष्मा कार्की पनि विवादमा तानिन् । त्यसभन्दा अघि उनले ब्याच नम्बर–१६ मा अर्पण थापा
सँग दिएको टङकिसको कारण चर्चामा थिइन् । त्यसो त लुट चलचित्रमा आईटम नृत्य गरेर चर्चामा रहेकी नायिका सुष्मा पनि अश्लिलताको सहारा लिएकी हुन् । चलचित्र बिन्दासमा उनले प्रस्तुत गरेका अश्लिल दृष्यको चर्चा सेलाउन नपाउँदै उनले चलचित्र नोट बुकको एक आईटम गीतमा निकै अश्लिल नृत्य प्रस्तुत गरेकी छिन् । चलचित्र के यो माया हो, कोही मेरो लगायत केही चलचित्र अभिनय गरेकी सुस्मा अभिनयबाट जम्न नसकेपछि अश्लिलतामा उत्रिएकी हुन् । अहिले चलचित्र खासै हातमा नपरेपछि आफूलाई चर्चामा ल्याउन हट फोटोसुट गरेर चर्चामा आउने कोशिस गरेकी छिन् । अझै उनलाई अश्लिलको 'भूत' ले छोडेको छैन । त्यस्तै चपली हाईटबाट अश्लिल नायिकाको 'हाईट' बनाएकी बिनिता बरालले त्यसपछिका चलचित्रमा सफलता नपाएपछि चलचित्र पाउन छोडिन् । चपली हाईटको सफलतापछि बिनिताले 'फुलस्टप' चलचित्रमा काम गरिन् । उनको हातमा फुलस्टप पछि कुनै चलचित्र परेन । फुल स्टपले उनको अभिनयमा 'फुलस्टप' नै लगायो । त्यसपछि उनले अहिले कृषि पेशा अंगालेकी छिन् ।  चलचित्र 'रक्षा' मा नायक अशोक फुयाँलसँग बेडसिनको दृश्य दिएर पुजना प्रधान पनि आलोचित भइन् । खासै फिल्म पाउन छोडेपछि उनले देखाएको यो हर्कतले झनै चलचित्र उद्योगमा उनी धरापमा परिन् । राज तिमिल्सिनासँग सिलसिला र राजभाइ फिल्ममा टङकिस सिन दिएर केही समय चर्चामा छाएकी सोनिया केसी अचेल कहाँ, के गर्दैछिन्, अत्तोपत्तो छैन । त्यस्तै नायिका शशी खड्काले नायक राज तिमिल्सिनासँग खुलेरै टङ किसको दृश्य दिएको चलचित्र 'किन किन' ले पनि राम्रो ब्यापार गर्न सकेन । चन्द्रावतीमा पनि त्यस्तै दृष्य दिएका कारण चर्चा आइन् । उनको केबल चर्चामा मात्र भयो । 'किनकिन' मै नायक सुवास थापा र नायिका अरुणिमा लामाले दरो किस गरेका छन् । चलचित्रमा अरुणिमाले आफूलाई हट आवरणमा उत्रारेकी छिन् । उनी चलचित्रमा नांगिए पनि दर्शकले चलचित्रलाई मन पराएनन् । नायिका सुजाता सिटौलाले पनि चलचित्र पलपलमा अश्लिलताको साहारा लिइन् । 'दुलही' चलचित्रबाट अभिनयमा प्रवेश गरेकी नायिका सुमिनाले अभिनय गरेको चलचित्रको संख्या भन्ने हो भने दर्जन पुग्न लागे । आधा दर्जन जति प्रर्दशनमा पनि आएका छन् । तर ति चलचित्रका अभिनयका हिसाबले भने उनले कुनै चमत्कार देखाउन सकिनन् । त्यसैले पनि होला उनले आफ्ना चर्चाको लागि अश्लिलतालाई सहारा बनाएकी छन् । पछिल्लो समय उनले चलचित्र स्टारको चोली भित्र के छ....
गीतमा ग्ल्यामरका नाममा निकै अश्लिलता प्रस्तुत गरेकी छिन् ।   शुभेच्छा थापाले अभिनय गरेको मिस नेपालको पोस्टर र फोटोहरु जसरी सार्वजनिक भएका छन् । त्यो लगभग नग्न नै छन् । त्यस्तै नायिका शोभिता सिखडा अश्लिलताको साहारा लिएपनि फिल्म क्षेत्रमा जम्न नसकेपछि गुनाम बनेकी छिन् । यी त केही उदाहरण मात्र हुन् चलचित्र अभिनयमा जम्न नसकेका मात्र हैन चलचित्र क्षेत्रमा प्रवेश गर्दैमा चर्चाका लागि यस्ता दृष्य दिने अभिनेत्रीहरुको पनि कमी छैन । दर्शकको रुचि र चाहनाअनुसार भन्दै निर्माण भैरहेको पछिल्ला चलचित्रमा टङकिस, टपलेस र सेक्सका जीवन्त दृश्य दिन नायिकाहरु लागि परेका छन् । कति नायिका त चलचित्र सुटिङको पहिलो सटलाई नै सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचारप्रसार गरिरहेका देख्न सक्छौ । अवसर पाउन नायिकाहरु आफैँ 'सोपिस' बन्ने र फिल्मी प्रोमोसन गर्न निर्माता, निर्देशक जस्तोसुकै स्क्यान्डल मच्याउन पनि पछि पर्दैनन् । विना प्रसङ्गको टङकिस, जथाभावी टपलेस, छाडा संवाद र अर्थ न बर्थको कथाले पछिल्ला नेपाली फिल्मीहरु सामाजिक र मर्यादित छैनन् भन्दा दुई मत न होला ।

, ,

news and entertainment