युवायुवतीहरुमा बढ्दो अमेरीका इडिभिको चिट्ठा मोह


मुलुक यतिबेला राजनीतिक संकटले घेरिएको छ, त्यसमा पनि बेरोजगार युवायुवतीहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको पाइन्छ ।
यतीबेला विद्यार्थीदेखी घरका हजुरआमाहरु सम्मका पिडिको नजर सोझै अमेरीकातर्फ परेको छ ।
यसै सन्दर्भ अन्र्तगत पूर्वमा अमेरीका जाने गतिलो माध्यम बनेको इडिभिको चिट्ठा फर्म भर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।
पूर्वको विकसित सहरहरुमा खोलिएको कम्युनिकेसन, कम्प्युटर इन्स्टिच्युट तथा साइवरहरुमा यतिबेला इडिभी फर्म भर्नेहरुको जमात बढ्दै गएको पाइएको हो ।
पूर्वको धरान, इटहरी, बेलबारी, दमक, बिर्तामोड हुँदै पहाडी भेगसम्मका स्थानीयवासीहरुमा समेत इडिभिको फर्म भर्नेहरुको जमात बढेको सजिलै देख्न सकिन्छ ।
सुनसरीको इटहरीस्थित २७ वर्षीया गृहिणी कमला दाहाल घरको कामकाज छाडेर इटहरीकै एक कम्प्युटर इन्स्टिच्युटमा इडिभीको फर्म भर्न पुगेकी थिइन् ।
गत वर्ष पनि इडिभि भरेको तर आफनो नाम ननिस्कएकोले फेरी यो पटक पनि भर्न आएको उनले बताइन् ।
इडिभीको फर्म भर्न उनीमात्र होइन सरकारी कार्यालयका कर्मचारीहरु, शिक्षकलगायत केही हजुरआमा उमेरका पनि भेटिएका छन् ।
त्यस्तै विगतका वर्षभन्दा यो वर्ष इडिभिको फर्म भर्नेहरु उल्लेखनीय रुपमा बढेको इटहरीस्थित नेटभिजन टेक्नोलोजी एन्ड साइबर क्याफेका सञ्चालक मिन राना मगरले बताए ।
इडिभीको फर्म अन्र्तगत शनिबार आइतबार गरेर १६ सयले आफ्नो पसलबाट इडिभिको फर्म भरिसकेको नेटभिजन साइबरका सञ्चालक मगरले बताए ।
सामान्य लेखापढीदेखी लिएर डिग्रीसम्म अध्ययन गरेकाहरु लगायत जो कोहीलाई पनि इडिभि परेमा सजिलै अमेरीका गएर उतैको नागरीक बन्न पाउने हुँदा पनि उक्त इडिभिमा आर्कषण बढ्दै गएको अर्का साइबर व्यवसायी तरहराका मदन बस्नेतले बताए ।

, , ,

news and entertainment