युवक मृत फेला– धारिलो हतियार प्रहार हुँदा महिला घाइते


  सप्तरीको कञ्चनपुरमा २५ वर्षीय एक युवक गएराति मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुर–६ स्थित आँपको रुखमुनि अन्दाजी २५ वर्षीय पुरुषको शव फेला परेको हो ।
मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निजको शव सडेको अवस्थामा फेला परेको र मृतक गाउँघरमा मागी हिँड्ने बुझिएको छ ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–४ मा गएराति धारिलो हतियार प्रहारबाट एकजना महिला गम्भीर घाइते भएकी छिन् । धारिलो हतियार प्रहारबाट स्थानीय २९ वर्षीया ममतादेवी दास घाइते भएको प्रहरीले जनाएको छ ।
उनलाई राति सामान्य विवादका क्रममा सोही ठाउँका जिन्सी मण्डलले धारिलो हतियारले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट घाइते ममताको उपचार रायपुरस्थित युनिक अस्पतालमा भइरहेको छ । हतियार प्रहार गर्ने मण्डलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

,

news and entertainment