तेक्वान्दोमा मनिता र आयशाले खेल्दै, कराँतेका खेल पनि आजैदेखि
दक्षिण कोरियामा जारी १७औं एसियाली खेलकुदमा आज तेक्वान्दोतर्फ महत्वपूर्ण तीन खेल हुँदैछन् । पदकको आशा गरिएका खेलाडीहरु मनिता शाही, आयशा शाक्य र सुजन जोशीले खेल्दैछन् ।
मनिताले चाइनिज ताइपेइकी खेलाडीसँग, आयशाले मकाउकी खेलाडीसँग र सुजनले भारतीय खेलाडीसँग प्रिक्वार्टरफाइनलमा खेल्दैछन् ।
अर्को पदकको आशा गरिएको खेल कराँते पनि आजैदेखि सुरु हुँदैछ । महिला काताको क्वार्टरफाइनलमा विमला तामाङले पाकिस्तानी खेलाडी कुल्सोमको सामना गर्दैछिन् । यो खेल जिते विमलाले कम्तीमा कास्य पदक सुरक्षित गर्नेछिन् ।
पुरुष कातामा पर्शुराम बास्तोलाले साउदी अरेबियाका खेलाडीसँग, ६७ केजी समूहमा मुकुन्द्र महर्जनले तुर्कमेनिस्तानका खेलाडीसँग र ७५ केजी समूहमा दिवस श्रेष्ठले कुवेती खेलाडीसँग खेल्दैछन् ।
एथ्लेटिक्सको महिला म्याराथनमा लामो समयदेखि अमेरिकामा बस्दै आएकी स्वरुपा खड्का अहिले दौडिरहेकी छिन् । आजै महिला पाँच हजार मिटर दौडमा कान्छीमाया कोजु दौड्दै छिन् ।
त्यसैगरी, पुरुष १० हजार मिटर दौडमा गोपीचन्द्र पार्की पनि प्रतिस्पर्धा गर्दैछन् ।
imagekhabar.com