महोत्तरीमा प्रहरीले चितामा राखेर जलाउँदै गरेको शव बरामद गरेको छ । महोत्तरीमा चितामा जलाइरहेको अवस्थामा प्रहरीले एक महिलाको शव बरामद गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार ती महिलाको हत्यापछि रातु खोलामा चितामा राखेर जलाउँदै गरेको अवस्थामा पानीहालेर निभाई शव बरामद गरिएको हो ।
नथुनी राउतकी २० वर्षीया श्रीमती गीतादेवी राउतको शवलाई आइतबार राति ९ बजे परिवारजनले जलाउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जानकारी दिएको छ ।
ती महिलाको हत्या गरी उनका आफन्तले रातु खोलामा चितामा राखेर जलाउँदै गरेका थिए । चितामा शरीरको आधाभाग जलिसकेको अवस्थामा मृत महिलाको शव बरामद गर्न सफल भएको हो ।
प्रहरीले गीताले झुन्डिएर आत्महत्या गरेको भनिएपनि हत्या भएको हुनसक्ने अनुमान गरेको छ । हत्यामा संलगन भएको आरोपमा महोत्तरी फूलकाहा– ८ जमुनियाका ३० वर्षीय विसे राउतलाई पक्राउ गरिएको छ । विसे राउत खैरु राउतका ज्वाइँ हुन् ।
चितामा राखेर जलाउँदै गरेको शव प्रहरीले बरामद गरेपछि…
news and entertainment
