फेसबुकमा चुलियो ‘हिम्मतवाली’ काण्ड ;कान्तिपुर पब्लिकेशनकै बेइज्जत गर्यो:रेखा
फूलपातीमा रिलिजमा आएको रेखा थापा निर्देशित तथा अभिनित फिल्म ‘हिम्मतवाली’ ले उत्साहजनक ब्यापार गरिरहेका बेला फिल्मको समिक्षाले नयाँ काण्ड मच्चाएको छ ।
अन्य अभिनेत्री भन्दा मिडिया र पत्रकार संग राम्रो सम्बन्ध स्थापित गर्न सफल बनेकी रेखा थापाको केही पत्रकार सँग सम्बन्ध चिसिएको छ ।फिल्म ‘हिम्मतवाली’को रेखा संगको व्यक्तिगत दुस्मनिकै शैलीमा कान्तिपुरका पत्रकार गोकर्ण गौतमले गलत तरिकाले स
मिक्षा गरेका छन् ।
पत्रकार गौतमको यस किसिमको फिल्म समिक्षालाई व्यक्तिगत रिसिबी भएको र केहि समय अघि अन्तर्वार्ताको क्रममा ‘बार्गेनिंग’ नमिलेको भन्ने कुरा रेखाको फेसबुक कमेन्टले स्पस्ट पारेको छ ।रेखाले कमेन्टमा पत्रकार गौतमले कान्तिपुर पब्लिकेसनकै बेइज्जत गरेको कुरा उल्लेख गर्दै ‘आत्मा’बेच्न छोड भनेकी छिन् । ‘धेरै बिक्रि भयौ कलम चलाउने मान्छेले आत्मा बेच्नु हुन्न र फिल्मको रिभ्यु गर्ने बेला भएको छैन भनि रेखाले पत्रकार गौतमलाई सुझाब दिएकी छिन् । अभिनेत्री रेखा थापाले ‘नखरमौली’ र ‘नखरावाली’को कारण घोर आपत्ति जनाउदै न्यायको बाटो खोज्ने बताएकी छिन् ।




