ऋतिक-कट्रिना मोस्ट डिमान्डेड कपल
एजेन्सी |
आफू अभिनीत यो चलचित्र एक साता नपुग्दै दुई सय करोड क्लबमा दरिएपछि अभिनेता ऋतिकले भव्य पार्टी दिएको बताइएको छ। उता अभिनेत्री कट्रिना कैफले भने बलिउड इतिहासमै धेरै व्यवसाय गर्ने पाँच चलचित्रमध्ये तीन चलचित्र आफ्नो नाममा लेखाउन सफल भएकी छन्। चलचित्र 'धुम थ्री' मा आमिर खान र 'एक था टाइगर'मा सलमान खानका साथ उनले अभिनय गरेकी थिइन्।
फक्स स्टार स्टुडियोको लगानीमा सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र 'ब्याङब्याङ'मा ऋतिक र कट्रिनाका साथमा डेनी डेङजोङमा, जाभेद जफ्रे, पवन मल्होत्रा आदिको अभिनय रहेको छ। अक्टोबर दुईमा रिलिज भएको यो चलचित्रले अझै उही रफ्तारमा व्यापार गरिरहेको बताइएको छ।

चलचित्र ब्लकबस्टर भएपछि बलिउडमा ऋतिक रोशन र कट्रिना कैफको जोडी पर्दामा अहिले 'मस्ट डिमान्डेड कपल' का रूपमा चर्चा हुन थालेको छ। यसअघि उनीहरूले जोया अख्तरको 'जिन्दगी ना मिलेगी दोबारा'मा पहिलो पटक एकसाथ काम गरेका थिए।
सन् २०११ बनेको यो चलचित्र पनि ब्लकबस्टरमै दरिएको थियो। अहिले ऋतिक र कट्रिनाको जोडीलाई लिन चाहने निर्माता निर्देशकको लहर लागेको बताइएको छ। उनीहरू अब जोयाकै आगामी चलचित्र 'रोड'मा एकसाथ काम गर्ने चर्चा चले पनि ऋतिकले त्यस्को खण्डन गरेका छन्।