नेपालीले भेटे आकाशगंगामा नयाँ रहस्य
अस्ट्रेलियामा अनुसन्धानरत डा. प्रज्वल काफ्ले आकाशगंगा (मिल्की वे) मा रहेको डार्कम्याटरको तौल यसअघि मानिएको भन्दा करिव आधा मात्र रहेको पत्ता लगाएका हुन् ।
अष्ट्रेलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया अन्तर्गत इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमि रिसर्च (आइसिआरएआर)मा कार्यरत जनकपुर– ४ का काफ्लेका अनुसन्धानअनुसार डार्कम्याटरको तौल ८ खर्ब सूर्य पिण्डबराबर मात्र छ ।
यो अनुसन्धानले सौर्यमण्डलसमेत रहेको आकासगंगालाई परिक्रमा गर्ने ठूलो आकाशगंगा तीनवटा मात्रै किन छन् ? भन्ने खगोलशास्त्र क्षेत्रमा दुई दशकदेखि जारी खोज अनुसन्धानको जवाफ दिएको आजको नागरिक दैनिकमा खबर छ ।