बिरालोको दिशा क्यान्सरको औषधि!!!
संसारमा हरेक वर्ष विभिन्न प्रकारका क्यान्सरका लाखौँ रोगी देखिन्छन् र लाखौँ मानिसले क्यान्सरको कारण ज्यान गुमाउनु परेको छ ।
अनुसन्धान टोलीका अनुसार टक्सोप्लाज्मा गोन्डाईले मानव शरीरमा प्रवेश गरेपछि प्रतिउत्तरमा क्यान्सरसँग लड्ने साइटोटक्सिक टीलगायतका कोषहरु उत्पादन हुने गर्छन् । यसका लागि अनुसन्धान टोलीले टक्सोप्लाज्मा गोन्डाईको उत्परिवर्तित स्वरुप सीपीएस बनाएको छ । यस अवस्थाको टक्सोप्लाज्मा गोन्डाईलाई क्यान्सरको खोप बनाउँदा सुरक्षित हुने सो टोलीको भनाइ छ । अनुसन्धान टोलीले यसको प्रयोग मुसामा गरेका थिए । मुसामा सीपीएसको परिक्षण गरिँदा खतरनाक क्यान्सर मेलानोमा र डिम्बासयको क्यान्सरको उपचारमा यसको प्रयोग गरिँदा मुसामा बाँच्ने दर उच्च पाइएको थियो ।
यद्यपी बिरालो लगायतका तातो रत भएको प्राणीको दिशाको सिधा सम्पर्कबाट भने त्यहि टक्सोप्लाज्मा गोन्डाईले हामीलाई सङ्क्रमित गर्ने खतरा रहन्छ । टक्सोप्लाज्मा गोन्डाईका कारण टक्सोप्लाज्मोसिस रोग लाग्छ । यस रोगले रुघाखोकी जस्तो लक्षण देखाउनुका साथै मांसपेशी चिलाउने र दुख्ने गर्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा यस रोगले मस्तिष्क, आँखा वा अङगहरुमा क्षति पु¥याउने सम्भावना रहन्छ तर टक्सोप्लाज्मा गोन्डाईबाट सङ्क्रमित धेरै जसो मानिसले रोगको अनुभव गर्दैनन् ।