अमेरिकाको विरोध प्रदर्शनमा हजारौँ उत्रिए
अमेरिकाको सधैँ व्यस्त रहने बजारक्षेत्र सेन्ट लुइसमा हजारौँ प्रदर्शनकारीले शनिबार व्यापक विरोध प्रदर्शन गरेका छन् ।
यस गोली काण्डलाई प्रहरी अत्याचार भनी बहुसङ्ख्क काला जातीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
यस विरोध प्रदर्शनमा गत अगस्त ९ का दिन प्रहरीले अनाहकमा गोली हानी एक निर्दोष काला किशोर माइकल ब्राउनको हत्या गरेको भनि आरोप पनि लगाईएको थियो ।
उक्त हत्यास्थल फर्गुसन नगरको सेन्ट लुइसमै भएकोले हालको विरोध प्रदर्शनको घटनालाई पुरानो आक्रोशको रुपमा लिइएको छ ।
उक्त किशोरको हत्यापछि प्रहरी र स्थानीय काला जातीबीच दुई हप्तासम्म झडप भइरहेको थियो ।
गत शुक्रबारदेखि सुरु भइरहेको खेल प्रदर्शनमा आसपासका अन्य राज्यबाट पनि सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरूले ओइरो लागि ‘हात उठाई गोली नहान’ भन्ने चर्को नारा लगाउँदै प्रहरी उपर जाई लागिरहेका थिए ।
प्रदर्शनकारीले ढुङ्गा मुढा ,फलामे डण्डी जस्ता विभिन्न औजार लिएका र सवै जसोले ग्यास माक्स लगाएर विरोधमा उत्रेका थिए ।
शनिबार न्यूर्योक फिलाडेल्फिया विस्कोन्सीन र आसपासका अन्य क्षेत्रबाट समेत थप प्रदर्शनकारीको ओइरो लागेका बताइएको छ ।
प्रदर्शनकारीले माइकल ब्राउनलाई गोली हान्ने श्वेत प्रहरी अधिकारी डारेन विल्सनलाई हत्यारा घोषणा गरी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनकारीका स्थानीय नेता माइक स्ट्रङ्गले अश्वेत ब्राउनलाई घेरा हाल्ने प्रहरी समूहका सबैलाई कारबासको सजाया दिन माग गरेका छन् ।
ब्राउनको मृत्युको दश दिनपछि भएको एक झडपमा अर्का १८ वर्षीया युवक भोन्डोरिट माएर्स जुनियरलाई समेत प्रहरीले गोली हानी मारेका थिए ।
सेन्टलुइसमा यता फर्गुसन अक्टोबर प्रदर्शनीका आयोजकहरूले भने प्रहरी ज्यादती विरुद्ध जनचेतना बढाउने उद्देश्यले भेलाको आयोजना गरिएको बताउँदै अमेरिकी प्रहरीलाई सैनिकले प्रयोग गरेको हातहतियार दिनबाट राज्यले रोक्नुपर्ने बताएका छन् ।