आखिर किन यी वृद्धाले फेसबुकमा लुकाइन् आफ्नो ११३ वर्ष ?
एन्ना स्टोएर नामकी यी ११३ वर्षीया वृद्धाले अन्ततः सोसल नेटवर्किङ साइट फेसबुकमा आफ्नो खाता खोल्न सफल भएकी छिन् । यसका लागि उ
समाचार च्यानल केएआरई–टिभिका अनुसार, मिनिसोतामा बस्ने एन्नाले फेसबुक खातामा आफूलाई कम उमेरको देखाउने निर्णय गरेका कारण नै उनले आफ्नो फेसबुक अकाउन्ट खोल्न सफल भएकी छिन् ।
एन्नाको जन्म सन् १९०० मा अक्टोबर १५ तारिकको दिन भएको थियो । आउँदो हप्ता उनले आफ्नो ११४ औँ जन्मदिन मनाउँदैछिन् । आफू सोसल मिडियालाई प्रयोग गर्न सफल भएकोमा एन्नाले वेरिजोन सेल्सका प्रतिनिधिलाई धन्यवाद दिएकी छिन् जसको सहयोगले उनी इमेल पठाउन र गुगलमा कसैको बारेमा खोजी गर्न सक्षम भएकी छिन् ।
अनलाइन समुदायमा वृद्ध किशोरी भनिने एन्नाले अब आइप्याडको सहयोगबाट सोसल नेटवर्किङ वेभसाइटमा आफ्नो परिवार र साथीहरुसँग सम्पर्क गर्ने गर्दछिन् । (एजेन्सी)