डा भट्टराई व्यावसायिक बाख्रा पालनतिर



 एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले गृह जिल्ला गोरखाको खोप्लाङमा व्यावसायिक बाख्रापालन गर्ने तयारी गरेका छन् ।

बाख्रापालनका लागि दीपेशराजु स्मृति कृषि सहकारी गठन गरेर उनले खोप्लाङ–४ को बेलबासका स्थानीय बासिन्दासँग मिलेर बाख्रा पाल्ने तयारी गरेका हुन् । सहकारीका सल्लाहकारमा  पूर्वप्रधानमन्त्री डा भट्टराई र अध्यक्षमा छोरी मानुषी यमी छन् ।

सहकारीको पहिलो साधारणसभा शनिबार उनको जन्मगाउँ बेल्वासमा भएको एमाओवादीले जनाएको छ । सहकारीमा बेल्वासका २९ स्थानीय बासिन्दा सदस्य छन् । सहकारीको उद्घाटन गर्दै डा भट्टराईले व्यावसायिक पशुपालनले परिवारको मात्रै नभई देशकै आर्थिक स्थिति बलियो हुने विश्वास व्यक्त गर्दै कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए ।

 सो सहकारीले बाख्रा पाल्नका लागि खोप्लाङमा ३८ रोपनी क्षेत्रफलको पाखो जमिन भाडामा लिएको छ । उक्त जमिनमा घाँसखेती गरिएको छ ।
nepaliheadlines.com

,

news and entertainment