जापानमा एक नेपाली मृत भेटिए


 जापानमा एक नेपाली मृत अवस्थामा भेटिएका छन् । दशैंको टीकाको दिन बिहान मुस्ताङ जोमसोमका ३४ वर्षीय बिष्णु थकाली मृत अवस्थामा भेटिएका हुन् ।
उनी टोकियो नजिकैको कावासाकी क्षेत्रमा बस्दै आएका थिए । गत सेप्टेम्बर २४ देखि हराएका थकाली शुक्रबार मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि कावासाकी प्रहरीको निगरानीमा अस्पतालमा राखिएको छ । ७ वर्षभन्दा पहिलेदेखि जापानमा बस्दै आएका थकाली केही समयदेखि अस्वस्थ रहेको बताइएको छ ।
उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
www.nepalsandesh.com

,

news and entertainment