प्रचण्ड र वैद्यको सुटुक्क ३ घण्टे दशैं


 देशका अन्य प्रमुख नेताहरुले दशैमा मनाएको तस्विरहरु सार्वजनिक भईरहँदा एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले भने सुटुक्क दशै मनाएको थाहा भएको छ।

विश्वस्त सुत्रका अनुसार प्रचण्ड र वैद्य कसैलाई थाहा नदिइ टिकाको अघिल्लो दिन एमाओवादी महासचिव कृष्णबहादुर महराको घरमा जम्मा भएका थिए। करिब ३ घण्टा चलेको वार्तामा दशै मान्दै पार्टी एकिकरणा सवालमा गम्भिर र अर्थपुर्ण छलफल भएको स्रोतले जनाएको छ।

दुबैका विश्वासका पात्र नेता महराको घरमा भएको यो दशै भेटले दशै तिहार लगतै असर देखाउने शुरु गर्ने सुत्रको दाबी छ।
उक्त दशैं भेटमा दुबै नेताले आ-आफ्नो कमजोरी भएको स्विकार गरेका थिए। दुबैले पार्टी फुटाएर दुबैलाई घाटा भएको र आफैले उठाएको मुद्धा कमजोर भएको स्विकार गर्दै आत्माआलोचना समेत गरेको स्रोत बताउँछ।

भेटका बारेमा नेता महरा जानकार भए पनि एमाओवादीका अन्य नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ र त्यस्तै गरि नेकपा-माओवादीका असन्तुष्ट नेता नेत्रविक्रम चन्दबाट भने ओझेल पारिएको थियो।

पार्टी विभाजन पछि प्रचण्ड र वैद्यबीच भएको यो सबै भन्दा लामो छलफल हो।
nepaliheadlines.com

,

news and entertainment