पूर्वराजादेखि माओवादी नेतासम्म माताको शरणमा


 नेपालमा पहिलो संविधानसभाको निर्बाचन पछि नयाँ संबिधान बन्ने सबै नेपाली जनतामा एक प्रकारको उत्साह छाईरहेको थियो । सोही बेला एकाएक संबिधानसभा भवनमा नै दोष भएको र निर्धारित समयमा संबिधान बन्न सक्दैन भनेर घोषणा गरेर एकाएक चर्चित भईन युवा ज्योतिष तथा माता सविता शरु शर्मा आचार्य ।

शुरुमा त त्यति कसैले पनि ख्याल गरेनन् उनलाई तर पछि जब उनको घोषणा साबित भयो त्यतिबेला निर्धारित मात्र हैन थपिएको समयमा पनि संबिधान बन्न सकेन । त्यसपछि उनको चर्चा गाँउमा मात्र होइन शहरमा पनि चुलियो ।
त्यसपछि उनीसँग आफनो भविश्य देखाउन नेता,कलाकारदेखी कुल घरानाहरुको समेत संख्या बढन थाल्यो । फलस्वरुप यतिबेला उनलाई अरुको भबिश्यबाणी गर्न भ्याईनभ्याई छ उनीसँग भबिश्य देखाउन यतिबेला उनको समय केही दिन अगाडी नै लिनुपर्ने अबस्था छ ।
उनको चर्चा सँगै एक साथीबाट उनको सम्पर्क नम्बर प्राप्त गरेपछि उनको डेरा काठमाण्डौको मित्रनगरमा पुग्दा उनका अगाडी पुजाका थुप्रै सामाग्रीका चाङहरु थिए । सञ्चारका बिभिन्न सुबिधा उपयोग गर्ने उनीसँग केही अनौपचारीक कुराकानी समेत गर्ने मौका प्राप्त भयो । पुर्बी पहाडी जिल्ला धनकुटाको सिबुवा १ चानखुवा भन्ने गाँउमा जन्मिएकी सबिता यतिबेला राजधानीमा बसेर देशभरका मानिसहरुको भबिश्यबाणी गरिरहेकी रहिछिन् ।
शहरमा उनको माग बढेपछि उनी शहर पसेकी रहिछिन् । उनको भनाईलाई पत्याउने हो भने ९ वर्षको छदा उनलाई एक्कासी आराध्य देव शिव र सरस्वती माता स्वप्नमा आई अलौकिक शक्ति प्रदान गरेको थियो रे । उनलाई यतिबेला ७५ वटै जिल्लाबाट निमन्त्रणाको ओइरो लाग्ने माता सबिता सामान्यतया दिन दुःखी सर्वसाधारण देशवासी जनताकै सेवामा आफू समपिर्त रहने बताएकी छिन। सामान्य तथा टेलिफÞोनिक(स्वरबाट) भविष्यवाणीको सेवा दिदै आएकी माता सबिता बर्È भरि नै प्रादेशिक निमन्त्रणामा व्यस्त रहने गर्छिन् ।

केही समय अगाडी सञ्चारकर्मीका रुपमा समेत अनुभब सम्हालेकी उनलाई भबिश्य देखाउन तेल,चामल,फुल,सिन्दुर र गच्छे अनुसार दान गरे पुग्दो रहेछ । विगत १४ बर्È देखि उनले यसप्रकारको सेवा प्रदान गरिरहेकी छिन । उनकोमा पुगेका निसन्तानले सन्तान प्राप्त गर्ने तथा असफल प्रेमी प्रेमीकाहरुको मनोकामना पुरा हुने उपाय समेत उनी सुल्झाउछिन ।
उनले गरेको अर्को भबिश्यवाण्ीले पनि उनलाई उचाईमा पुरयाएको जानकारहरु बताउँछन उनले सन २०१२ को कथित महाप्रलय हुने हल्ला निराधार रहेको उनले बताउँदै आएकी थिइन् । उनले चर्चित कलाकारहरु दिपाश्री निरौला, दमन रुपाखेती ,सुरज चापागाई बान्द्रे, नायिका कृति भट्टराई, शिरु बिष्ट, झरना थापा, अरुणिमा लम्साल,दिलिप रायमाझी लगायत देशका चर्चित नेताहरुको समेत भविष्य हेरिसकेकी छिन । नेपालको राजनीतिमा वास्तुदोष नै देख्ने उनले उच्चपदासिनहरुले पहिरने कालो कोट, कालो रङग अनिष्ठको सुचक भएकोले त्यसैले त्यसको साटो अन्य रङगहरु प्रयोग गर्दा राम्रो हुने सल्लाह समेत दिएकी छिन ।
आफÞुमा भएको ईश्वरिय देनद्वारा दिन दुखी महिला दिदी बहिनिहरुको दुख निर्मुल पार्ने नै उनको मुख्य चहाना रहेछ । उनी अहिलेका मानिसहरुमा बढेको बिकृति र बिसंगतीका कारण पनि संसारमा अनिष्ट भएको उनको दाबी छ ।
www.ratopati.com

,

news and entertainment