ईतिहाश मै पहिलो पटक हिन्दी सिनेमा ब्यांग ब्यांग पछी पार्दै रेखाको "हिम्मतवाली "अगाडी








नेपालि जनहरुको महान चाड बडा दशैंको छेकोमा शुभकामना सहित प्रदर्शनमा आएको नायिका रेखा थापा द्वारा निर्देशित र अभिनित चलचित्र "हिम्मतवाली " प्रदर्शनमा आए देखि अहिले सम्म राम्रो ब्यापार गर्न सफल भएको छ । स्वो नायक श्री कृष्ण श्रेष्ठको चलचित्र "कोहिनुर" को सफल पर्दशन पछी नेपालि सिने क्षेत्रमा ठुलै हलचल मचियो कतिले अबको केही महिना नेपालि फिल्म चल्दैन भनिरहेको बेला रेखाको हिम्मतवालिले भने भन्नेहरुको मुखमा बुझो लगाई दिएको छ । राम्रो फिल्म र राम्रा कथा भए जस्तो घडीमा पनि नेपालि फिल्म चल्छ भन्ने कुरा साबित गरेको छ  "हिम्मतवाली "  ले ।
फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र " "हिम्मतवाली " ले प्रदर्शनको ४ दिनमा करिब १ करोड २० लाख भन्दा माथिको कलेक्सन गरेको छ । फिल्मी अपडेट लाई प्राप्त जानकारी अनुशार  "हिम्मतवाली " को दर्शक फ्लो अझ बढ्ने छ । फिल्मी अपडेट डटकमको लागि नेपाल शहकर्मी प्रणप् सुबेदी राजधानीको सानो हल मध्यको एक कोटेस्वोरको पुष्पान्जली सिनेमा घरमा दर्शक संगै बसेर हेर्दा दर्शकरुले सिनेमाको तारिफ गरेको उनले बताए । चलचित्रको क्लाईमेक्स मात्र हेर्न पुगेका हाम्रा सहकर्मी सुबेदीले उठेर नै सिनेमा हेर्नु परेको थियो  । चलचित्रको सफल प्रदर्शन र व्यापारिक सफलताले नि रेखा र उनको चलचित्रलाई दर्शकहरुले मन पराएको बुझ्न सकिन्छ । ताजा जानकारी अनुशार चलचित्र "हिम्मतवाली "ले लालबन्दीमा हिन्दी सिनेमा ब्यांग ब्यांग लाई पनि उत्रिन बाट बाध्य बनाएको छ र "हिम्मतवाली " लागेको छ । त्यस्तै राजधानिका अधिकांस सिनेमा घरहरुमा पनि   हिन्दी सिनेमा ब्यांग ब्यांग  पछाडी छ । लालबन्दीमा मात्र हैन देशका धेरै ठाउँमा हिन्दि सिनेमा बिस्थापित भएको छ ।
नेपालि जनहरुको महान चाड बडा दशैं यसरि मनाए नेपालि कलाकारहरुले ..तस्बिर संगालो
अभिनेत्री रेखा थापा निर्देशित एबम निर्माण  गरिएको चलचित्र ” हिम्मतवाली”ले राजधानीमा मात्र चार दिनमा करिब ४५ लाख भन्दा बडीको कलेक्सन गरेको बताए वितरक कम्पनीले । राजधानी बाहिर ८० लाख भन्दा बडीको कलेक्सन गरेको चलचित्रका वितरक गोपाल कायस्थ र उज्जल पौडेलले जानकारी दिनु भएको छ । स्मरण रहोश यो कलेक्सन शनिबार सम्मको मात्र हो " ।

देशैभर करिब ९० ओटा भन्दा बढी प्रमुख सिनेमा घरहरु बाट प्रदर्शनमा आएको यस चलचित्रले पनि अब सोमबार बाट गर्ने कलेक्सन चलचित्रको नाफा हो भनेका छन ।नारी प्रधान एक्शन चलचित्र ‘हिम्मतवाली’अपाङ्गता असक्षमता होइन’ भन्ने मूल सन्देश बोकेको चलचित्र हो । देश प्रेमको कथा पनि संगै बोकेको सिनेमा ‘हिम्मतवाली’मा रेखा र दुवै हात गुमाएका सुदर्शन गौतम को मुख्य अभिनय रहेको छ । चलचित्र हेरेपछि दर्शकहरुले सिनेमाको राम्रो प्रतिक्रिया गरेका छन् । सामाजिक संजाल फेसबुक र टुईटर लगायत युटुबमा पनि चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रमा रेखा थापा , सुदर्शन गौतम ,अभय चन्द ,पुस्कर भट्ट ,रविनउड सेन लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा चन्द्र पन्तको दोन्द ,रामेस्वोर कार्कीको छायांकन रहेको छ ।

,

news and entertainment