मोदीको भाषण फेरि विवादमा, कांग्रेसले मुद्धा हाल्यो


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भाषण पुनः विवादमा तानिएको छ । यस अघि भाषण नै विवादमा परेकोमा अहिले सो भाषण टेलिकाष्ट भएको विषय विवादमा परेको हो ।

बुधबार मात्र महाराष्ट्रका तीन टिभी च्यानलले मोदीले अमेरिका भ्रमणका क्रममा न्यूयोर्कस्थित म्याडिसन स्क्वाएरमा गरेको भाषण टेलिकाष्ट गरेका थिए । यो भारतीय जनता पार्टीले चुनाव प्रचारका लागि पैसा तिरेर गराएको टेलिकाष्ट थियो ।
यसको विरुद्ध प्रतिपक्षी कांग्रेसले निर्वाचन आयोगमा उजुरी गरेको छ । देशको प्रधानमन्त्रीकोरुपमा दिएको भाषण पार्टीको निजी प्रयोगमा प्रचार गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
मोदीको भारतीय जनता पार्टीले भने यो निजी भाषण भएका कारण आफूले प्रयोग गर्न कुनै गलत नभएको दावी गरेको छ ।
त्यसैगरी प्रधानमन्त्रीको वेवसाइटमा भारतीय जनता पार्टीको चुनावी प्रचार गरिएकोप्रति पनि कांग्रेसले आपत्ती जनाएको छ ।महाराष्ट्रमा सोमबार चुनावी प्रचारको काम सकिँदै छ । बुधबार त्यहाँ मतदान हुँदैछ ।

,

news and entertainment