तुम्लिङटारमा अब बुद्ध एयरको ठूलो जहाज

 तुम्लिङटार बिमानस्थलमा बुद्ध एयरको एटिआर जहाजले उडान सुरु गरेको छ । जहाजले शनिबार सफलता पुर्वक परीक्षण उडान गरे पछि धावनमार्ग उपयुक्त रहेको भन्दै नियमित उडान सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।


दुई वर्षअघि देखि ब्रिज क्राफ्ट १९ सिट क्षमताको जहाजले दैनिक काडमाडौ तुम्लिङटार र विराटनगर तुम्लिङटार उडान भर्दै आएको थियो। सेवाग्राहीको चाप र माग अनुसार बुद्धएयर कम्पनीले ठुलो ४७ सीट क्षमताको जहाजको उडान शुरु गर्ने भएको हो । शनिबार बरिष्ट चालकद्धय रञ्जनकुमार शर्मा, प्रमोद थापा र नागरिक उड्यान प्राधिकरणका बरिष्ठ चालक ददिराम निरौला सहितको टोलीले सफलतापूर्वक परीक्षण उडान गरेको छ ।

मकालु हिमाल आरोहण, अध्यन अवलोकन,अरुण भ्याली पथमार्ग हुदै सगरमाथा जाने पर्यटक, तिनजुरे मिल्के जलजले क्षेत्र, सभापोखरी,गुफापोखरी,सिद्धकाली मनकामना धार्मिक स्थलको अध्यन अवलोकनका लागि आउने पर्यटकले जहाज प्रयोग गर्ने भएकाले यात्रुको चाप बढेको तुम्लिङटार बुद्ध एयर शाखाका प्रमुख राम तिमिल्सीनाले बताए ।

ठुलो जहाजले पहाडी जिल्लाहरुमा उडान भरेको यो नै पहिलो पटक भएको बुद्धएयरले जनाएको छ । बुद्ध एयरले तुम्लिङटारबाट काठमाडौ जाने यात्रुहरुका लागि दुई सय रुपैयाँ छुट दिदै आएको छ । भोजपुरका १९ गाबिस र सङ्खुवासभाका यात्रुहरुले तुम्लिङटार बिमानस्थल हुदै काठमाडौ र बिराटनगर जाने गरेका छन् । पुर्व तीन सय ४० डिग्री र पश्चिम एक सय ६० डिग्रीमा रहेको धावनमार्ग दुई बर्ष अघि १४ सय लम्बाई र ३० मिटर चौडाइमा कालोपत्रे भएको छ । धावनमार्ग पर्याप्त रहेको भन्दै ठूला जहाजहरुले उडान भर्न शुरु गरेको नागरिक उड्यान प्रालि तुम्लिङटारका प्रमुख गोपाल घिमिरे बताए ।

अरुण उपत्यका अन्र्तगत पर्ने तुम्लिङटार पाँच सय ३७ मीटर उचाइमा पर्ने भएकाले तापक्रम बढी हुने र पहाडडाँडाकाडा भएकाले सीट क्षमतानुसार यात्रु बोक्न नकस्ने कम्पनीले जनाएको छ । ठुलो जहाजले उडान भर्ने भए पछि यात्रुहरुलाई सहज हुने भएको छ । हाल सम्म बुद्धएयरले दैनिक र यति एयरले सातामा दुई पटक उडान भर्दे आएका छन् ।

,

news and entertainment