अखाद्य बस्तुका कारण बिरामीको संख्या बृद्धि


 नेपालीहरुको महान पर्ब बडादशै सँगै मुसलमान समुदायको बकर इद शुरु भएसँगै पुर्बका बजारहरुमा फलफुल र मिठाईको ब्यापार बढदा ब्यापारीलाई फाईदा भएपनि उपभोत्ताहरु बिरामी पर्न थालेका छन ।
पुर्बका बजारहरुमा अत्याधिक मिठाई र फलफुलको ब्पापार बढेको ब्यापारीहरु स्वीकार गर्छन तथापी बिरामीहरुको संख्यामा पनि उत्तिकै बृद्धि भएको छ । सडकको साईडमा धुलोमा स्वास्थ्यको समेत ख्याल नराखी राखिएका फलफुल र मिठाई सेवनका कारण उत्तिकै बिरामीको संख्या पनि बढेको छ ।
दशैमा बढी चिल्लो पदार्थ भएका खानेकुराहरुको सेवनका कारण पनि बिरामी बढने गरेको र त्यसमाथि अखाद्य पदार्थको सेवनबाट बिरामीको संख्यामा बृद्धि हुने गरेको सुबिधा मेडिकल हल बेलबारीका सञ्चालक प्रकाश न्यौपाने बताउँछन ।
यतिबेला अखाद्य पदार्थ सेवनका कारण दैनि ४० देखि ५० जना सम्म बिरामी हस्पिटल आउने गरेको न्यौपाने बताउँछन । यस्ता चाडपर्बका बेला बजारको अनुगमन नहुँदा मनपरि हुने गरेको र बिरामी हुने गरेको उनको भनाई छ ।

,

news and entertainment